बाढीले विजयपुरको डाइभर्सनमा क्षति, यातायात अबरुद्ध

कास्की, ६ साउन । गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पु¥याएको छ । आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पु¥याउँदा आज बिहानबाट ठूला यातायातका साधन अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले बताए । शनिबार राति पनि डाइर्भसन बगाएपछि […]

आज साउनको पहिलो सोमबारपशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ, ६ साउन । साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । भक्तजन भने बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि […]

एकाबिहानै माइक्रो खोलामा खस्दा १२ घाइते

धादिङ, ६ साउन । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक […]

पाँचथरमा घट्यो अर्को दर्दनाक घटना, २ को मृत्यु

फिदिम, ६ साउन । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी […]

एकाबिहानै रामजानकी मन्दिर नजिक भारतीय नागरिकको घाँटी रेटेर हत्या

सुनसरी, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा घाँटी रेटेर भारतीय नागरिकको हत्या भएको छ। देवानगञ्जको बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान घाँटी रेटी भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार […]

अनौठो गरी कम्मरमा दुइ किलो सुन बाँधेका १७ वर्षे युवक थानकोटमा पक्राउ

काठमाडौं, ५ साउन । काठमाडौंको नागढुंगाबाट प्रहरीले अचम्मको कलापूर्ण तरिकासहित सुन ल्याउने एक युवकलाइ पक्राउ गरेको छ । भैरहवाबाट आउँदै गरेको एक ट्रकबाट ती युवकलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा घर भएका १७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनले कम्मरमा बेरेर अर्कै दुई किलो पहेँलो धातु बोकेका थिए । उक्त धातु […]

पार्किङका लागि ब्याक गर्दा जिपले किचेर आफ्नै छोरा मारिए

बागलुङ, ५ साउन । बागलुङमा जिपले किचेर सात वर्षीय बालकको ज्यान गएकाे छ । बागलुङ काठेखोला गाउँपालिका–१ मनाङडाँमा ग१ज ७१८१ नंम्बरको जिपले किच्दा चालक शशीलाल थापाको आफ्नै ७ वर्षीय छोरा सलिन थापाको मृत्यु भएको हो । शनिवार राति पार्किङका लागि जिप ब्याक गर्दा आफ्नै छोरालाई किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बागलुङ […]

यस्ता छन् ठूलो कसरतपछि सार्वजनिक नेकपा जिल्ला इन्चार्ज र सह-इन्चार्ज

काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका ७७ जिल्ला र ६ महानगरपालिका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्ज टुंगो लगाएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला […]

महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौँ, ५ साउन । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । “कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको […]

जंगली च्याउ खाँदा तीन परिवारका १२ जना बिरामी

उदयपुर, ५ साउन । जंगली च्याउ खाँदा उदयपुरमा १२ जना विरामी भएका छन् । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका हुन् । त्रियुगा नगरपालिका–९ राजावासमा १ परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिबार दिउँसो १ बजेको समयमा जंगली विषालु […]