भूकम्पबाट क्षति भएका तेह्र हजार घर निर्माण

हेटौँडा, ५ साउन । मकवानपुर जिल्लामा महाभूकम्पबाट क्षति भएका भवन संरचनामध्ये १३ हजार ७० वटा घरको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका अनुसार मकवानपुरमा हालसम्म पहिचान भएका ३४ हजार ३०० लाभग्राहीमध्ये १३ हजार ७० वटा घर पुनःनिर्माण भइसकेको छ । भूकम्पपछिको पुनःनिर्माणको अवस्थाबारे पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइद्वारा उपलब्ध तथ्याङ्कमा सो उल्लेख गरिएको छ । […]

अब छिट्टै चन्द्रमामा मानव बसोबास !

एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो अन्तरिक्ष ट्रकुमा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास फेर्नसक्छन्। उनीहरू आफ्नो मूल कार्यस्थानभन्दा केही किलोमिटर पर दिनभर पानी(हिउँ अवशेष भएको स्थानको अध्ययन गरेर थाकेका छन्। यो सन् २०५० को चन्द्रमा हो। एउटा वाहन एउटा विशाल खाल्डोको […]

दुई गाउँ जोड्ने पुल बनेपछि छोटियो यात्रा

बलेवा, ५ साउन । चिप्लेटी खोलाले बनाएको गल्छीमा उकालीओराली गर्दै वषौंँदेखि यात्रा गर्दै आएका बागलुङको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका दुई गाउँका स्थानीयवासीलाई झोलुङ्गे पुल बनेपछि सहज भएको छ । दुई गाउँबीच आउजाउ गर्न कठिनाइ भएपछि स्थानीयवासीको सक्रियतामा चिप्लेटी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको हो । गलकोट नगरपालिका–१० पाण्डवखानीको चिप्लेटीदेखि बडीगाड गाउँपालिका–३ सिसाखानी जोड्ने ठूलो […]

पर्यटकीय सिक्लेससम्मको सडक स्तरोन्नति शुरु

कास्की, ५ साउन । नेपालको शान्ति प्रक्रियाको प्रस्थान विन्दुको रूपमा परिचित कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय सिक्लेस गाउँसम्म पुग्ने सडक स्तरोन्नति शुरु भएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको पूर्वाधार विकास कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ विजयपुर खोलादेखि मादी गाउँपालिका– १ सिक्लेससम्मको सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने कार्य अघि बढाएको हो । विसं २०६० मा सडकको ट्र्याक […]

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौँ, ४ साउन । नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको […]

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौँ, ५ साउन । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राससलाई जानकारी दिए । […]

वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई

भीमदत्तनगर, ५ साउन । स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर भुन्टुले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् । आइतबार बिहान वडा नं। १ को वडा कार्यालयमा गाउँका ज्येष्ठ नागरिक ७० वर्ष माथिका र अपाङ्गता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका […]

मकवानपुरको मनहरीमा गोली हानाहान

मकवानपुर,५ साउन। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गाेली हानाहान भएको छ । शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच फायरिङ भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो । प्रहरीबाट पनि जवाफी फायरिङ भए […]

हेटौँडा–काठमाडौँ सडक पुन: सञ्चालनमा

हेटौँडा, ५ साउन । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन […]

दोस्रो झमक बन्ने बाटोमा याम खाम्चा

बेझाड, ५ साउन । बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोकेका छन् । पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत छन् । उनको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । […]