मकवानपुरको मनहरीमा गोली हानाहान

मकवानपुर,५ साउन। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गाेली हानाहान भएको छ ।

शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच फायरिङ भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो ।

प्रहरीबाट पनि जवाफी फायरिङ भए पनि दुबैतर्फ कुनै क्षति नभएको जनाईएको छ । फायरिङपछि प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ भने अन्य भागेका छन् ।

प्रहरीले राक्सिराङ गाउँपालिका–१ ढुंगेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको जनाएकाे छ । उनी कुख्यात गाँजा तस्कर रहेकाे प्रहरीले जनाएकाे छ । उनी प्रहारीको खोजीसूचीमा समेत थिए। राप्ती खोला क्षेत्रमा गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्याङतानले पहिला नै गोली प्रहार गरेकाे प्रहरीले जनाएकाे छ । तस्करहरुले गाेली चलाएपछि प्रहरीले जवाफी फायर गर्दै स्याङतानलाई पक्राउ गरेको दावी गरेकाे छ ।

Loading...