छोटो जामाले चर्चा र विवादमा तानिएकी ज्योति मगर मैथली गीततिर जम्दै

काठमाडौं । छोटो जामा र उत्तेजक प्रस्तुतिका कारण चर्चा र विवादमा रहने गरेकी गायिका ज्योति मगर मैथिली गीतमा पनि देखिएकी छन् ।

ज्योति मगर र गायक रुद्रसेन विश्वकर्माले स्वर दिएको मैथिली गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ। ‘कानोमे आँहाके झुम्का’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

गयक विश्वकर्माको शब्द र संगीत रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्। आरजे म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो।

प्रदीपकुमार रसाइलीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई दीपक गिरी खिचेका हुन्। म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ।

हेर्नुहाेस भिडियो

 

Loading...