विभिन्न घटनामा सिरहामा तीन बालबालिकासहित पाँचको मृत्यु

लहान, ५ साउन । सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्टाको औँलामा टोकेपछि उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु […]

वजेट अभाबले दुर्लभ वनस्पति संरक्षणमा समस्या

बाँके, ५ साउन । नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित सङ्ग्रहालयका रूपमा रहेको ढकेरी वनस्पति उद्यान बजेट अभावका कारण सङ्कटमा परेको छ । सरकारले बजेट कटौती गरेपछि संरक्षणमा समस्या भएको वनस्पति अनुुसन्धान केन्द्र नेपालगञ्जका प्रमुख वरिष्ठ वैज्ञानिक सुनीलकुमार आचार्यले बताए। “सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा उद्यानमा रहेका ४०० प्रजातिका दुर्लभ वनस्पति संरक्षण गर्न समस्या भएको […]

विप्लवका प्रभावशाली नेता माइला लामालाई वेपत्ता पारेको परिवारको दावी

काठमाडौं । गएराति काठमाडौंको काँडाघारीबाट समातिएका भनिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामालाइ वेपत्ता पारिएको परिवारका सदस्यले जनाएका छन् । मध्यराति ठूलो संख्यामा प्रहरीले काठमाडौंको काँडाघारीमा उनी बसेको घर घेरा हालेर उनलाइ पक्राउ गरिएको बताइएको छ । तर, अहिलेसम्म उनलाइ कहाँ राखिएको छ भन्ने बारे प्रहरीले कुनै जानकारी दिन नमानेको पारिवारिक स्रोतको दावी छ […]

लागुऔषधसहित चार युवा पक्राउ

उदयपुर , ५ साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ असारीको किराँतचोकबाट शनिबार साँझ चार युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी पक्राउ पर्नेमा त्रिनपा–१३ का २२ वर्षीय रविन राई, १६ वर्षीय सुगम राई, २४ वर्षीय दिनेश दनुवार र १४ वर्षीय प्रदीप सुर्खेती रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ […]

बाढीपीडितलाई राहत वितरण शुरु

गाईघाट, ५ साउन । उदयपुर जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् । शनिबार उदयपुर प्रदेश नं १ का प्रदेशसभा सदस्य, नेपाल रेडक्रस र बेलका नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा तपेस्वरी तथा आम्वासी क्षेत्रका […]

गाउपालिका अध्यक्षले मनाए अनाथ बालबालिकासंग जन्मदिन

सुर्खेत, ५ साउन । जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ । जन्मदिनको पर्याय बनेको ‘केक’ बाल मस्तिष्कमा निकै गहिरो छाप बनेर बसेको छ । ‘केक’ ले क्रेजी बनाएर होला, आजभोलि बालबालिका त घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै […]

भक्तपुरमा एकाविहानै भेटियो पहिचान खुल्न नसकेकी महिलाको शव

भक्तपुर, ५ साउन । सूर्यविनायक नगरपालिका स्थित सृजनानगरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सृजनानगर बस स्ट्याण्ड संगैको सडक पेटीमा घाँसले भरिएको झाडीभित्र उनी मृत अवस्थामा फेला परेकी हुन् । आइतवार विहान झाडीमा महिलाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर मुचुल्का उठाउने कार्य गरिरहेको छ । […]

बेपत्ता भएको ९१ वर्षपछि काजकीरिया !

काभ्रेपलाञ्चोक, ५ साउन । बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकीरिया थालेका छन् । जन्मले १०० वर्ष पुगेका नन्दीकेशर अधिकारी (बैकुण्ठ)को हिन्दू संस्कारअनुसार काजकीरिया थालिएको हो । गत मङ्गलबार कुशको ‘शव’ बनाएर अधिकारीको अन्तिम संस्कार गरिएको छ । सोही दिनदेखि नन्दीकेशरको भाइका एक नाति कुमार […]