हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन, धर्मावलम्बी प्रभावित

खोटाङ, ६ साउन । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु गरिएको पदमार्ग निर्माण सम्पन्न नहुँदै […]

मोरङबाट २९ हजारले एक वर्षमा नागरिकता पाए

विराटनगर, ६ साउन । मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार २६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार ४६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको […]

रुपन्देहीमा सूचना प्रविधिका डिजिटल उपकरण वितरण

खस्यौली, ६ साउन । रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ । रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि १८ ल्यापटप, १७१ डेस्कटप कम्प्युटर, १३ स्मार्ट प्रोजेक्टर र सात प्रिन्टर […]

शिक्षक सेवा आयोग (शिक्षक लाईसेन्स)परीक्षाको मावि तहको अंग्रेजी विषयको पाठ्यक्रम

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स) को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार  प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने […]

नुहाउन गएकी युवतीको पोखरीमा डुबेर मृत्यु

घाेराही, ६ साउन । दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया […]

निर्माण भएको एक महीनामा नै काभ्रेमा सिँचाइ कुलो भत्कियो

बनेपा, ६ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ । एशियाली विकास बैंकको रु दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो सिँचाइ कुलो ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी एक महीना अगाडिमात्रै उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो । बेथानचोक गाउँपालिका–५ […]

मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी शुरु

जनकपुरधाम, ६ साउन । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरु भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ । तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिलपुत्री विभिन्न गीत गाउँदै श्रीमान्ले ल्याए वा पठाएको फरिया, […]

नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान

काठमाडौं ,६ साउन । नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा […]