एकाबिहानै रामजानकी मन्दिर नजिक भारतीय नागरिकको घाँटी रेटेर हत्या

सुनसरी, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा घाँटी रेटेर भारतीय नागरिकको हत्या भएको छ।

देवानगञ्जको बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान घाँटी रेटी भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको फुयालको भनाई छ। हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन्।

हत्याको कारण खुलेको छैन। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Loading...