गर्भवती बुहारीलाई घाँटी थिचेर सासु ससुराले हत्या गरेको खुलासा

सप्तरी, २२ साउन । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

घाँटी थिचेर रञ्जदेवीको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि वढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति उनको मृत्यु भएको हो। मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन्।

Loading...