ललितपुरमा ग्याङ फाइट हुँदा २ युवकको हत्या

ललितपुरमा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट गरी २ जनाको हत्या गरिएको छ । जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीमा दुईजनाको हत्या भएको हो ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घरभई हाल ढोलाहिटी बस्ने २८ वर्षिय रोवस राई र पाचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राई रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताएका छन् । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा १८ जना पक्राउ परेका छन् । प्रहरीले घटनास्थलबाट चुप्पी र विड चुप्पीको भाँचिएको चुप्पि बरामद गरेको छ ।

घटनाबारे प्रहरीले राति ११ बजे थाहा पाएको र थाहा पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको प्रहरीको भनाई छ । 

Loading...