समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

बेत्रावती, १० साउन । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकि र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए । बच्चा […]

पूर्वमन्त्री सिंहको निधन

लहान, १० साउन । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उहाँको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा […]

बालश्रम रोक्न दलको प्रतिबद्धता

डोटी, १० साउन । जिल्लामा रहेका विभिन्न राजनीतिक दलले बालश्रम रोक्न दिपायल सिलगढी नगरपालिकालाई सघाउने भएका छन् । बालश्रम अन्त्यका लागि लामो समयदेखि अभियान चलाउँदै आएको उक्त नगरपालिकालाई सहयोग पु¥याउन यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन् । नगरपालिकाले दलहरुसँग बालश्रमविरुद्ध लड्न आयोजना गरेको बैठकमा सहभागी नेताले बालश्रम राख्ने तथा हटाउन नमान्नेविरुद्ध कानूनी प्रक्रियाअनुसार अघि बढ्न […]

व्यवसायीको बन्धकमा अन्तराष्ट्रिय विमानस्थल, ठूलाठूला नेतादेखि व्यापारीको अनौठा चलखेल

प्रधानमन्त्री केपी शर्मा ओलीले २६ मंसीर २०७५ मा प्रधानमन्त्री कार्यालयको सहयोगमा उत्पादित तथा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा घोषणा गरे, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिकता झल्कने, आधुनिकता टल्कने बुटिक एअरपोर्ट बनाइनेछ ।” तर, प्रधानमन्त्रीको यो घोषणालाई विमानस्थल (टीआईए) को अग्रभागमा निर्मित पाँचतले भवनले गिज्याइरहे झै लाग्थ्यो । त्यो किन पनि भने, प्रमको घोषणा अघि […]

समुदायबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाइँदै

काठमाडौँ, १० साउन । काठमाडौँ महानगरपालिकाले समुदायस्तरबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन शुरु गरेको छ । डल्लु आवास क्षेत्रबाट महानगरले सामूहिकरूपमा फोहर व्यवस्थापन शुरु गरेको हो । घरमा काम नलाग्ने सबै कुरा स्थानीयवासीले फोहरको गाडीमा हाल्दा ठूलो परिमाणमा फोहर उत्पादन भइरहेकाले वर्गीकरण थालिएको र तीमध्ये कुहिने फोहरलाई सङ्कलन गर्ने गाडीमा नपठाएर स्थानीयस्तरमै व्यवस्थापन थालिएको कामपाका […]

संघियता लागु भैसक्दा पनि इलाका प्रशासन, मालपोत र नापी कार्यालय माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता

बागलुङ, १० साउन । जिल्लाको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै जनप्रतिनिधिसहितको सर्वदलीय टोली काठमाडौँ पुगेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थाप र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याललाई भेट गरी मागपत्र बुझाइएको टोलीमा सहभागी ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । “गृहमन्त्री सकारात्मक हुनुहुन्छ, आफ्नो ठाउँबाट पहल लिन्छु […]

राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारको आवदेन

फिदिम, १० साउन । पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक्ष्यका साथ पाँचथरबाट उक्त परिचयपत्रका लागि विवरण सङ्कलन […]

यस्तो हुनेछ कार्तिकमा हुने जापानी भाषा परीक्षा, नेपाली भाषा प्रशिक्षकलाई जापानमै लगेर तालीम दिइने

१० साउन, काठमाडौं । जापानले नेपालका जापानी भाषा प्रशिक्षकहरुलाई आफ्नै देशमा लगेर भाषा तालीम दिने भएको छ । त्यसका लागि नेपालका भाषा प्रशिक्षकहरुले श्रम मन्त्रालयमार्फत आवेदन दिनुपर्ने भएको छ । त्यसका आधारमा उनीहरु जापानमै गएर जापानी भाषा सम्बन्धी तालीम लिन पाउने भएका हुन् । त्यसका लागि श्रम मन्त्रालयमार्फत आवेदन खुलासमेत गरिएको छ । नेपालबाट कामदार […]

नेपाल प्रहरीका ४ सय ३७ इन्स्पेक्टरको सरुवा : हेर्नुस् को कहाँ

नेपाल प्रहरीका ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । बुधबार इन्स्पेक्टरहरुको सरुवा निर्णय गर्दै प्रहरी प्रधान कार्यालयले यसको जानकारी दिएको हो । प्रहरी प्रधान कार्यालयले साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ । प्रहरी महानिरक्षकको ०७६/०४/०८ को बैठकको निर्णयले उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल […]

स्वास्थ्यतर्फ १८ महिने टिएसएलसीमा भर्ना खुल्यो (सूचना सहित)

काठमाडौं । अन्ततः प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटि)ले स्वास्थ्य तर्फको १८ महिने टि एसएलसीमा भर्ना खुलाएको छ । बिहिवार सिटिइभिटिले सिएमए, अनमि, ल्याव असिस्टेनलगायतमा भर्ना खुलेको सूचना जारी गरेको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा स्वास्थ्य तर्फका १८ महिने कार्यक्रम ऐन लागुहुनसाथ बन्द गरिने उल्लेख छ । जसले गर्दा सिटिइभिटिले स्वास्थ्य तर्फका १८ […]