भदौंको अन्तिम साता मोदी नेपाल आउने

Narendra-Modi

काठमाडौं, १० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते सेप्टेम्बर १७ देखि २० तारिख हुने उनको भ्रमणको तयारीका […]

अल्लोबाट उत्पादित कपडाकोे माग बढ्यो

गलकोट, १० साउन । बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् । ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका […]

तनहुँमा सिँचाइबाट तीन हजार लाभान्वित

तनहुँ, १० साउन । तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस क्षेत्रका ५०० घरधुरीका करीब तीन […]

गाँजाको विकल्प दिँदै जनप्रतिनिधि

चितवन, १० साउन । जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमीन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ । आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महीना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन् । तीनै तस्करले गाँजा लगाउन, गोडमेल गर्न, थन्काउन र ढुवानीका लागि उनीहरुलाई […]

दोर्दीको बाढीले पु¥याएको क्षतिप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

कास्की, १० साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लास्थित दोर्दीखोलामा यही साउन ८ गते आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।बाढीमा परी ज्यान गुमाउने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् परियोजनाका कामदारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै उनले शोकसन्तप्त परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । मुख्यमन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा […]

फरार अभियुक्तलाई प्रहरीले गर्यो पक्राउ

मुग्लिन, १० साउन । चितवन जिल्ला प्रहरी कार्यालयले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा विसं २०७१ वैशाख २१ गते नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला सुनाएकामा पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र नुनीय महतोलाई प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरेको […]

विपन्न १०० परिवारको घर बनाउँदै कालिका नगरपालिका

चितवन, १० साउन । पहाडदेखि समथर भू–भागसम्म फैलिएको कालिका नगरपालिकाले विपन्न परिवारका लागि १०० घर निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमा घर निर्माणका लागि नगरपालिकाले रु एक करोड ५० लाख विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार राम्रोसँग बस्ने घर नभएका विपन्न परिवार छनोट गरी घर निर्माण गरिँदैछ । वर्षात् सकिएसँगै […]

फुटबल खेलाडी ओजिलले चक्कुधारी चोरसँग फाइट खेलेर जोगाए ज्यान र कार (भिडियोसहित)

काठमाडौं । जर्मनीका चर्चित फुटबल खेलाडी मेसुट ओजिल र सिड कोलासिनाकले चक्कु बोकेका चोरसँग फाइट गरेको भिडियो भाइरल बनेको छ । ओजिल र कोलासिनाक दुबै जना इग्लिस क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । आर्सनलका स्टार खेलाडी ओजिल र कोलासिनाक लन्डनमा चढेको कार दुई जना चक्कुधारी चोरले र्चो प्रयास गरेका थिए । चोरले कारमा चढिरहेका […]

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया

हेटौँडा, १० साउन । प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका १४ कलङ्की निवासी उनलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था […]

धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा

खोटाङ, १० साउन । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा जीर्णोद्वारको काम तीव्रगतिमा अगाडि बढाइएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा सङ्घीय सरकार र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त ८२ लाखको लगानीमा जीर्णोद्वार थालिएको हो । धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध हलेसीमा पुरानो संरचनामा असर नपुग्ने गरी जीर्णोद्वार शुरु गरिएको हलेसी विकास […]