दोर्दीको बाढीले पु¥याएको क्षतिप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

कास्की, १० साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लास्थित दोर्दीखोलामा यही साउन ८ गते आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।बाढीमा परी ज्यान गुमाउने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् परियोजनाका कामदारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै उनले शोकसन्तप्त परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । मुख्यमन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा बेपत्ताहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी, उद्धार र राहतका लागि जुट्न सबैमा आग्रहसमेत गरिएको छ ।

उनले यस किसिमको प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्वतयारीमा जुट्न र सावधानी अपनाउनसमेत सबैमा आग्रह गरेका छन् ।दोर्दीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको काम गर्दै गरेका कामदारलाई बाढीले बगाएको थियो । बाढीमा परेका चारको शव फेला परेको छ भने सात हराइरहेको प्रहरीले जनाएको छ ।

Loading...