तीन जलविद्युत आयोजना तहसनहस पार्ने दोर्दी खोलामा यसरी आएको थियो भयानक बाढी (भिडियो)

लमजुङ, ९ साउन । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो ४ बजेतिर अचानक आएको बाढीले बगाउँदा अहिलेसम्म चार जनाको शव भेटिएको छ । दोर्दी खोलामा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई खोलामा अचानक आएको बाढीले बगाएको थियो । साथै सुरुङमा काम गर्ने मजदुरहरु पनि सुरुङमै बाढी पस्दा वेपत्ता भएका थिए । बाढीले बगाएका २ जनाको शव दोर्दी […]

सगरमाथालाई बदनाम बनाउने पत्याउनै नसकिने यस्ता खेल

२०७६ जेठ तेस्रो साता बेलायत भ्रमणका क्रममा बीबीसी विश्व सेवाको स्टूडियोमा प्रत्यक्ष अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली देख्न सकिने गरी असजिलोमा परे । प्रधानमन्त्री ओलीलाई पत्रकार म्याथ्यू एम्रोलिवालाले नेपालको पर्यटन क्षेत्रमा देखिएका विकृतिबारे एउटा कडा प्रश्न गरे । “हिमाल आरोहण व्यवस्थापन गर्न पठाइएका ६० जना सम्पर्क अधिकृतमध्ये पाँच जना मात्रै आधारशिविरमा थिए । […]

पाँच हजारले मिचे काठमाडौं भित्रैको १८०० रोपनी सार्वजनिक जग्गा

सरकारी र सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि २०४९ साल पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग’ गठन गरेको थियो । पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले दुई वर्ष लगाएर प्रतिवेदन बुझायो । जुन रावल आयोगको प्रतिवेदनका नामले चर्चित रह्यो । दुर्भाग्य, सरकारी निकायहरूले […]

प्रचण्ड र बाबुरामलाई अन्तराष्ट्रिय अदालतमा पुर्‍याउने पत्रकार सम्मेलनबाटै गरियो यस्तो घोषणा

काठमाडौं, ९ साउन । संसदीय व्यवस्थालाई ध्वस्त पार्दै नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्नका लागि चलेको १० जनयुद्धका प्रमुख कमाण्डरहरु पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई अन्तराष्ट्रिय फौजदारी अदालतमा लगेर सजाय दिलाउने घोषणा गरिएको छ । जुन व्यवस्था फाल्न भनेर गरिएको युद्धमा १४ हजार बढी मान्छेको रगत बग्यो, त्यही व्यवस्थामा फर्केर उनीहरुले युद्धमा मर्नेहरुमाथि […]

बाढी र पहिरोका कारण देशभरका कहाँ कहाँ सडक अवरुद्ध छ ?

काठमाडौँ, ८ साउन । वर्षाका कारण बाढी र पहिरो जाँदा देशभरका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् । डिभिजन सडक कार्यालयले सडकमा रहेको अवरोध हटाइरहँदा कतिपय सडक दुई सातादेखि अवरुद्ध छन् । निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । सो सडक अहिले बगुवाबाट प्युटारसम्म अवरुद्ध रहेको महानगरीय प्रहरीवृत्त चापागाउँले जनाएको छ […]

तरकारीमा विषादी परीक्षणको नतिजा नै अविश्वसनीय

नेपालमा तरकारी र फलफूल लगायतका खाद्यमा विषादीको अवशेषबारे वास्तविक अवस्था पहिचानमै समस्या रहेको विज्ञहरूले बताएका छन्। खाद्य सामग्रीमा विषादीको सही पहिचानका लागि खानेकुराको चरणबद्ध जाँच, भएकै विधिहरूको स्तरोन्नति र नमुनाका तुलना गर्ने क्षमतासहितका आधुनिक प्रयोगशाला आवश्यक रहेको बताइएको छ। काठमाडौंको कालिमाटीसहित देशका सात ठाउँमा रहेका प्रयोगशालामा अहिले नेपालमा दुईवटा समूहका विषादी मात्र जाँच्न सकिन्छ। तर […]

डुबेर र पैनीले बगाउँदा झापामा दुईको मृत्यु

सुरुङ्गा, ९ साउन । खेतमा जमेको पानीमा डुब्दा र पैनीले बगाउँदा आज झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका– १ गोलधाप का ३८ वर्षीय वीरेन्द्र बुढाथोकी र कमल गाउँपालिका– ५ का ६८ वर्षीय काजीबहादुर जोशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुढाथोकी आज बिहानै […]

गुल्मी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

गुल्मी, ९ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिए । पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया विक […]

Karmacharya never showed any inclination to opportunism: NCP Chair Prachanda

Kathmandu, July 25 , Nepal Communist Party (NCP) chairman Pushpa Kamal Dahal ‘Prachanda’ has said the remaining works of the party unification would be completed within this month and a nation-wide campaign launched from the fourth week of August. He said this while addressing a programme organized to commemorate the Sixth Memorial Day of founding […]