जंगली बँदेल मार्न कृषकलाई अनुमति

काठमाडौं, २३ माघ । सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६र७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला र बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार […]

चीनबाट ल्याइएका नेपालीलाई ४ ठाउँमा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका […]

प्रदेश सरकारद्धारा जनता आवास कार्यक्रमलाई निरन्तरता

कोहलपुर, २३ माघ । प्रदेश सरकारले जनता आवास कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएका कारण प्रदेश ५ का विपन्न परिवार लाभान्वित हुने भएका छन् । सो कार्यक्रमवाट वास्तविक विपन्नले लाभ लिन सकुन् भनेर ५ का सांसद आफै घर दैलो अभियानमा लागेका छन् । प्रदेशसभा सदस्य कृष्णा केसी नमुना ले सोमबार बाँकेको नरैनापुरको अनुगमन गरेकी छन् […]

कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं, २३ माघ । काठमाण्डौको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौतहट निवासी हुन् । प्रदेश ०३-००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । टिपर भने ठक्कर दिएपछि […]

हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं, २३ माघ । आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, “आगामी पाँच वर्षमा उड्डयन […]

नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा जागिरका लागि विज्ञापन

भक्तपुर, २३ माघ । नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने माथिल्लो पद अधिकृत क्याडेट सेकेन्ड लेफ्टिनेन्ट मा आवेदन फारम खुलाएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले बिहीवार एक सूचना जारी गर्दै जागिरका लागि विज्ञापन गरेको हो । खुला र समावेशी समेत गरि १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्ट सेना लाई […]

लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा चल्यो डोजर

बुटवल, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेको छ । पटक पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न ब्यबसायीलाई आग्रह गरेपनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो । अस्पतालका ७३ वटा ब्यवसायिक सटरहरू रहेका छन् […]

प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता, आर्थिक विकास र शान्ति प्रक्रियाबारे छलफल

काठमाडौं, २३ माघ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग […]

राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस्, संस्थाभित्र चल्दैन: मन्त्री बाँस्कोटा

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब गर्ने चेतावनी दिएका छन् । उनले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिए । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरेका थिए । […]

चीनमा रहेका नेपालीहरुको अवस्थाबारे बोल्यो चीन

काठमाडौं, २२ माघ । चीनले आफ्नो मुलुकमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएको छ । मंगलबार राजधानीमा केही सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूत होउ यान्छीले सो कुरा बताएकी हुन् । राजदूत यान्छीले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताउँदै यदि उनीहरुलाई नेपाल फर्काउने हो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र सम्बन्धित विमानस्थलहरुसँग परामर्श गर्न […]