प्रदेश ५, प्रदेशसभाको दुई वर्ष पूरा, राजधानी र नाम तोक्न सकेन

बुटवल, २२ माघ । प्रदेश ५ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भएको छ । २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो। प्रदेशसभाले दुई वर्ष बितिसक्दासम्म प्रदेशको नाम र राजधानी दिन सकेको छैन। प्रदेशसभाको आफ्नो मुख्य काम स्थायी राजधानी तोक्न र नामाकरण गर्ने भएपनि अहिलेसम्म संसदमा राजधानी र नामाकरणका लागि प्रस्तावसम्म […]

कुखुराको मासु र अन्डा अहिले सम्मकै महँगो

काठमाडौँ, २२ माघ । कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । मारिएका ३० लाख चल्लाको मूल्य मात्र करिब १५ करोड हुन आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्य बराबरका करिब ३ करोड ५० लाख अन्डासमेत नष्ट गरेका […]

वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन

काठमाडौं, २२ माघ । वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको हो । नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो । केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको […]

एउटै वडाबाट एक करोडको दूध बिक्री

कास्की, २२ माघ । माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमुना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन्। गाउँपालिकाको वडा नम्बर ३ घाचोक र वडा नम्ब ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ। लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ […]

अब फागुन भित्रै रेल आइपसग्नि २ सय २६ जनालाई रोजगारी

कुर्था, २२ माघ । जनकपुर जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । […]

चीनबाट फर्केका नेपालीलाई खरिपाटीस्थित तालीम केन्द्रमा राख्ने तयारी

काठमाडौँ २२ माघ। सरकारले चीनबाट फर्किने नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेपछि स्थानीयहरु त्रसित बनेका छन् । मङ्गलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकले खरिपाटीलाई सम्भावित स्थलका रूपमा छनोट गरेको हो । अन्तिम निर्णय गर्न भने बाँकी रहेको स्रोतले जनाएको छ । बैठकले तालिम केन्द्रको पूर्वाधार […]

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

राजविराज, २२ माघ। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको […]

एनसेल, होल्डिंस, ललिता निवास लगायतका प्रकणबारे छानबिन गरियोस्: देवेन्द्र पौडेल

काठमाडौं, २१ माघ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद देवेन्द्र पौडेलले ठूला भ्रष्टाचार प्रकरणबारे जानकारी गराउन माग गरेका छन । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ठूला भ्रष्टाचार काण्डबारे जनतालाई सत्यतथ्य जानकारी गराउन माग गरेका हुन । भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइमा सम्मान व्यक्त गर्दै उनले भने, ‘एनसेलको कर लाभांश विवाद […]

जन्ती गएका युवकमाथि खुकुरी प्रहार

काठमाडौं, २१ माघ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा जन्ती गएका एक युवकमाथि खुकरी प्रहार भएको छ। खुकुरी प्रहारबाट अन्दाजी ३५ वर्षीय शम्भु थापा गम्भीर घाइते भएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। घाइते थापालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं स्थित ग्राण्डी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहे पनि अहिलेसम्म एक […]

लुम्बिनी प्रादेशिक अस्पतालद्धारा ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई अल्टीमेटम

लुम्बिनी प्रादेशिक अस्पतालले ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई अल्टीमेटम दिएको छ । सामाजीक बिकास मन्त्रालयले अस्पतालललाई सटरहरुलाई ४८ घन्टा भित्र खाली गराउन निर्देशन दिए अनुसार अस्पतालले उक्त सुचना प्रकासित गरि अल्टीमेटम दिएको हो । अस्पतालले माघ २२ गते भित्र सटर खाली गराउन निर्देशन दिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद […]