घरेलु मदिरा सेवनबाट थप २ को मृत्यु

जनकपुरधाम २ चैत । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप २ जनाको मृत्यु भएको छ । आईतबार बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जितेन्द्र सदाको मदिरा सेवनका कारण मृत्यु भएको जनकपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष जानकी राम साहले जनाएका छन् ।

आजै बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिका–५ का लगभग ३४ वर्षका विश्वनाथ यादवको पनि मृत्यु भएको हो । यादव गाउँपलिकाका भुपु उपाध्यक्ष भुटन यादवका छोरा हुन् ।