नेपालीलाई भारत आवत–जावत गर्न कठिनाइ नहुने, तेस्रो मुलुकका नागरिक प्रवेश गर्न नै नपाउने!

काठमाडौँ, २ चैत । भारतले मध्य रातिदेखि नेपालसँग सीमा जोडिएका चारवटा नाका बाहेक अन्य नाका बन्द गरेको छ । कोरोना भाइरसको त्रास बढेसँगै भारतले नेपाल हुँदै भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकका लागि बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाहेक सबै नाका बन्द गरेको हो ।

तर, नेपालीलाई भारत आवत–जावत गर्न कठिनाइ नहुने प्रष्ट्याएको छ । सामान आयात–निर्यातमा पनि कुनै असर पर्ने छैन । नेपाल र भारतका नागरिकमा नाकामा चेकजाँचका क्रममा कोरोना भाइरसका लक्षण देखापरे तत्काल क्वारेन्टाइनमा राखिनेछ । तर तेस्रो मुलुकका नागरिकहरु भने यी नाकाहरूबाट आवत–जावत गर्न  पाउने छैनन् ।

प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्नेछ । कोरोना भाइरसबाट दुई जनाको मृत्यु र ८२ जना संक्रमित भएपछि भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको हो ।

भारतीय सिमासँग जोडिएका सुदूर पश्चिम प्रदेश का गौरिफन्टा, बैतडीको झुलाघाट नाका पनि बन्द हुने जनाइएको छ । तर, यी नाकाबाट नेपाली तथा भारतीयहरुले हेल्थ डेस्कमा जाँच गराएर आवत–जावत गर्न भने सक्नेछन् ।

Loading...