सुरु भयो सार्क भिडियो कन्फरेन्स, सिंहदरबार पुगे प्रधानमन्त्री ओली

काठमाडौँ, २ चैत । कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन्।

सार्कका सबै सदस्यहरु सहभागी हुने यो कन्फरेन्समा भाग लिन ओली आईपुगेका हुन्। सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावपछि आइतबार साँझ भिडियो कन्फेरेन्समार्फत सबै सदस्यहरु साझा रणनीति बनाउँदै छन्।

मोदीले शनिबार साँझ सार्क एकजुट हुनुपर्ने धारणा सामाजिक सन्जालमार्फत राखेलगत्तै सबै सदस्यले यसमा चासो देखाएका थिए। मृगौला प्रत्यारोपणपछि आराम गरिरहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए। लगत्तै सार्कका सबै सदस्यका कार्यकारी प्रमुखहरु भिडियो कन्फ्रेरेन्समार्फत साझा रणनीति बनाउन तयार भएका हुन्।

Loading...