सामाजिक सुरक्षाको सूचना आदान-प्रदान गर्ने सहायता केन्द्र स्थापना

   चैत्र २ ,काठमाडौं ।    समुदाय–प्रहरी साझेदारी कामपा १५ वडा समितिले स्वयम्भू भगवानपाउमा मिति २०७६ चैत १ गते एक सहायता केन्द्र (हेल्प डेस्क)स्थापना गरेको छ ।
कोरोना भाइरस, डेंगु रोग संक्रमणबाट बच्न र बचाउन जनचेतना अभिबृद्धि तथा अन्य जानकारीको लागि उक्त सहायता केन्द्र स्थापना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद माननीय जीवनराम श्रेष्ठले उक्त सहायता केन्द्र उद्घाटन गरेको थिए ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्ने क्रममा श्रेष्ठले १५ वडाको हेल्प डेस्क एक नौलो किसिमको आयाम हो र यसले समाजमा नयाँ परिर्वतन ल्याउने विश्वास लिएको बताए ।
‘शान्तिका अग्रदूत भगवान बुद्धको आँगन पवित्र भूमि स्वयम्भू भगवानपाउमा कोरोना भाइरसलगायत सामाजिक सुरक्षाको सूचना आदान प्रदान गर्ने उद्देश्यले स्थापना भएको सहायता केन्द्रको उद्घाटन गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु ’ श्रेष्ठले बताए ।


संसार नै आक्रान्त भइरहेको बेला नेपालमा यसको महामारी फैलिएको छैन र फैलिंदैन भनेर ढुक्कसँग बस्न नहुने बताउँदै १५ वडामा पनि कोरोना भाइरससम्बन्धी जनचेतना अभिवृद्धिकोलागि यो सहायता केन्द्र एक नमूनाको रुपमा स्थापित हुने विश्वास ब्यक्त गरे ।
उक्त कार्यक्रमका सभापति काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले विश्व सम्पदा क्षेत्रअन्तर्गत स्वयम्भू क्षेत्रको विकासको क्रममा यो हेल्पडेक्सले अझ एउटा ईटा थप्ने काम गरेको बताए ।
‘यो हेल्प डेस्कले पर्यटकदेखि लिएर स्थानीयलाई सुचना आदान–प्रदान गर्नेछ ’ डंगोलले भने, ‘यो सहायता केन्द्रले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वयम्भूको बारे सम्पूर्ण जानकारी दिन स्थापना गरेको हो ’ ।
स्वयम्भू भगवानपाउमा रात्रिकालिन बजार व्यवस्थापन गर्न सक्यो भने यो क्षेत्रको विकासमा टेवा पुग्ने बताउँदै स्वयम्भूलाई केन्द्रविन्दु बनाएर यसको वरपरको विकासमा कुनै कसर नछोडेको बताए ।


यसैलाई ध्यानमा राखि महानगरको लगानी र भुइखेल टोलसुधार समितको सहयोगमा भगवानपाउ पार्क तथा पलेस्वाँ पुखुको निर्माण कार्य सुर भइसकेको पनि औंल्याए ।
विश्व सम्पदामा सुचिकृत स्वयम्भू क्षेत्रलाई सफा सुन्दर बनाउन प्रत्येक हप्ताको शनिवार विहान ७ बजेदेखि ९ बजेसम्म १५ वडा कार्यलायको नेतृत्वमा विभिन्न टोलको विशेष सरसफाई कार्यक्रमपनि भईरहेको आयोजकले बताए ।
कार्यक्रममा महागरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख डिएसपि लालध्वज सुवेदी, सामुदायिक स्वास्थ्य परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठ, चमति आयोजनाका प्रमुख रामबाबु महत्तो लगायतको सहभागिता थियो ।
समुदाय–प्रहरी साझेदारी कामपा १५ वडा समितिको अयोजना र सिम्रिक पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रा.लि.को सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रम समुदाय–प्रहरी साझेदारी कार्यक्रमका कार्यालय सचिव राजा शाक्यले सञ्चालन गरेका थिए ।

Loading...