बुवाआमाको हत्या गरेको आरोपमा पक्राउ परेका छोरा सार्वजनिक

कञ्चनपुर, ३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बस्ने भण्डारी दम्पती हत्या प्रकरणमा छोरा भरत भण्डारी तानिएका छन्। उनलाई प्रहरीले डडेल्धुरा अमगरगढी नगरपालिका २ जुगेनामा रहेको उनकै घरबाट आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कटान टोलका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। भरत मृतक जयलालका जेठी श्रीमतीतर्फका छोरा हुन्। जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी भरतलाई सार्वजनिक गरिएको हो।

पतिपत्नीको हत्या प्रकरण रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पनि अनुसन्धान थालेको थियो। जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको आफ्नै घरभित्र हत्या गरेको अवस्थामा शव भेटिएको थियो।

भरत कञ्चनपुर शुक्लाफाटा नगरपालिका ११ कलुवापरका स्थायी बासिन्दा भए पनि डडेल्धुरा बस्दै आएको प्रहरीले जनाएको छ। उनीविरुद्ध २०७३ सालमा पनि ज्यान मार्ने उद्योग चलेको थियो।

प्रहरीले यस प्रकरणमा अंशबण्डा र सम्पत्तिको भोगचलन, पारिवारिक झैझगडा र बेमेललाई हत्याको कारण मानेको छ। त्यस्तै बुबाले सरसल्लाहविनै सौतेनी आमा भित्र्याएको बारे भरत असन्तुष्ट रहेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

Loading...