तिन दिनभित्र सबै मदिरा, भट्टी नष्ट गर्न मन्त्री यादवको निर्देशन

जनकपुरधाम ३ चैत । घरेलु मदिरा सेवनले २१ मृत्यु भएपछि आन्तरीत मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले तिन दिनभित्र प्रदेशभित्रको सबै मदिरा भट्टी नष्ट गर्न निर्देशन दिएका छन् । दुई साताको अवधिमा खुला घरेलु मदिरा सेवनबाट धनुषामा २१ जनाको मृत्यु भईसकेको छ । उनले सोमबार (आज) प्रदेश सभाको बैठकमा बोल्दै प्रदेशलाई खुला मदिरा मुक्त बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

‘मदिरा सेवनबाट भएको मानवीय क्षतिप्रति प्रदेश सरकार गम्भीर छ। त्यसैले प्रदेशलाई मदिरा मुक्त बनाउन यदि बल प्रयोग गर्नुपर्छ भने पनि त्यसको लागि हामी पछाडि पर्दैनौं’ उनले भने । मन्त्री यादवले तीन दिन भित्र खुला मदिरा भट्टी नष्ट नभए त्यहाँका सम्बन्धित प्रहरी प्रशासनलाई कारबाहीको दायरमा ल्याउने समेत सुरक्षा समितिको बैठकमा चेतावनी दिइसकेको उनले सदनलाई जानकारी गराए।

Loading...