प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा बालिका समावेशी शिक्षा संजाल गठन तथा रणनीतिक योजना कार्यक्रम सम्पन्न भएको छ । बौद्धिक, शारीरिक तथा आर्थिक सामाजिक रुपले कमजोर, पछाडी पारिएका र अल्पसंख्यक जातजातिका बालिकालाई सहज रुपमा शिक्षामा पहुँच पुर्याउने उदेश्यले सो कार्यक्रम सम्पन्न भएको हो । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी ‘कमल’ को अध्यक्षता एवं मधेश […]
समाज
बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना […]
युके पठाईदिन्छु भन्दै ठगी
काठमाडौं । युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका […]
सिपाडोल बृहत खानेपानीमा पुन: लाखेमरुकै नेतृत्व
भक्तपुर । भक्तपुरको सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपसमिति १ जगाती भक्तपुरको अध्यक्षमा पुनः तुल्सीनारायण लाखेमरु चुनिएका छन् । शनिबार भएको उपसमितिको १४ औ साधारणसभा तथा दोश्रो अधिवेशनबाट लाखेमरुकै अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । लाखेमरु यसअघि पनि अध्यक्ष नै थिए । निर्वाचित नयाँं कार्यसमितिको उपाध्यक्षमा सिद्धिराम त्यात, सचिवमा शिवनारायण […]
झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन
भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । मध्यपुर थिमि- ८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा लडी मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा बारा महागढी नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुरको कौशलटार […]
नेतृत्वको आलोचना गर्न पाइने तर, व्यवस्थाको रक्षाका लागि पनि पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी छन् । सञ्चार जगत सत्ताको प्रतिपक्षी हुनुपर्छ भन्ने मान्यता सही नभएको र यसले व्यवस्थालाई बलियो बनाउन नसक्ने उनले बताएकी हुन् । बुधवार पत्रकार तथा सञ्चार सम्बद्ध पेशागत तथा समावेशी संगठनका प्रमुखहरुसंगको अन्तक्रियामा बोल्दै मन्त्री शर्माले सत्ता पक्ष र विपक्ष भन्ने […]
भक्तपुरमा गाईको बाच्छो काटेर खाएको आरोपमा काभ्रेका ३ मानिस पक्राउ
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना काभ्रे जिल्लाका हुन् । ताथलीस्थित एक इट्टा भट्टामा काम गर्ने उनीहरुको झ्याउलीमा हेर्दा मासु फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई शुक्रवार साँझ नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत पेश गरिएको थियो । अदालतले […]
डलर देखाई ३ लाख ५० हजार ठगी भागेका २ जना पक्राउ
भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा २ जना पक्राउ परेका छन् । गत चैत १ गते रकम ठगी फरार रहेका अभियुक्तलाई बिहीवार भक्तपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी वृत्त थिमिमा परेको उजुरीको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उक्त घटनामा संलग्न भएको भन्दै सिन्धुपाल्चोकको […]
बैशाख २४ बाट तामाङ्ग र नेपाल भाषामा पनि सरकारी कामकाज शुरु गरिन्छ : मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा सार्वजनिक सभाको आयोजना गरी प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने तयारी रहेको बताएका छन् । नेपाल तामाङ घेदुङको आयोजनामा सिन्धुलीको मरिणमा सञ्चालित ३ दिने तामाङ मातृभाषा शिक्षक पुनर्ताजगी तालिमको उद्घाटन गर्दै बिहीवार मन्त्री श्रेष्ठले सरकारी […]
चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुरको चाँगुनारायण ७ खरिपाटी बस्ने […]









