भक्तपुरमा गाईको बाच्छो काटेर खाएको आरोपमा काभ्रेका ३ मानिस पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना काभ्रे जिल्लाका हुन् ।

ताथलीस्थित एक इट्टा भट्टामा काम गर्ने उनीहरुको झ्याउलीमा हेर्दा मासु फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई शुक्रवार साँझ नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत पेश गरिएको थियो । अदालतले पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप गरिदिएको डिएसपी राजन कार्कीले जनाएका छन् ।

नेपालमा गाई र गाईका बाच्छाबाच्छी हत्या गर्नु अपराध मानिन्छ ।

Loading...