डलर देखाई ३ लाख ५० हजार ठगी भागेका २ जना पक्राउ

भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा २ जना पक्राउ परेका छन् । गत चैत १ गते रकम ठगी फरार रहेका अभियुक्तलाई बिहीवार भक्तपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरी वृत्त थिमिमा परेको उजुरीको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उक्त घटनामा संलग्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुरको सूर्यविनायक-२ बस्ने वर्ष २९ को सरोज तामाङ र सोही ठेगानाका ३६ वर्षीय राजकुमार तामाङ्ग लाई सार्वजनिक गरेको हो । उनीहरु यस अघि पनि पटक पटक आपराधिक क्रियाकलापमा संलग्न देखिएका जिल्ला प्रहरी परिसरका डिएसपी राजन कार्कीले जाकारी दिए ।

जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखाबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०२-०४८ प. ४५२५ नं. को थान – १ मोटरसाइकल सहित उक्त घटनामा संलग्न तामाङ्ग द्वयलाई पक्राउ गरेको हो । उनीहरुलाई थिमि वृत्तमा राखी थप अनुसन्धान अघि बढाईएको बताइएको छ ।

Loading...