झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । मध्यपुर थिमि- ८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा लडी मजदुरको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बारा महागढी नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुरको कौशलटार बस्ने बर्ष १७ को बिकास कुमार गुप्ता रहेका छन् । झ्याल हाल्ने क्रममा बिहीवार दिउँसो करिब पौने १ बजे लडेका गुप्ता पर्खालको रेलिङमा ठोकिई गम्भिर घाईते भएका थिए । उनलाई उपचारका लागि नेपाल कोरीया मैत्री नगरपालिका अस्पताल पुर्याइएको र उपचारकै क्रममा १:०५ बजेको समयमा उनको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

घटनास्थलमा प्रहरी वृत्त थिमि बाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

Loading...