पर्सा प्रहरीले बाराका दुई जना ब्यक्तिको हत्यामा संलग्न ३ जना लाई पक्राउ गरेको छ । पर्साको जगरनाथपुर गाँउपालिका वडा नं १ बिसुनपुर्वामा भारतसँग सिमा जोडिएको दशगजामा शव भेटिएको थियो । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षिय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ बस्ने मुख्य […]
समाज
विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठन अवरुद्ध
सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासंगै बर्षाको पानी विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिका लाई कठिनाई भएको छ। दुर्गा भगवती १ स्थित जनता प्राथमिक विद्यालयको […]
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आजै सार्वजनिक गरेको नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । कार्यालयले जारी गरेको सूचना […]
गोल्डेन सुनगाभा संसदको अधिवेशन तथा बालबालिकासँग सभामुख घिमिरे
भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘गोल्डेन सुनगाभा संसद् अधिवेशन’मा सभामुख देवराज घिमिरे सहभागी भएका थिए । यहाँका विद्यार्थीहरूले उनलाई प्रश्न गरे, ‘कानुन बनाउने थलोमा अमर्यादित क्रियाकलाप किन हुन्छन्, अत्यावश्यक कानुन पनि समयमै किन बन्दैनन् , शिक्षा विधेयक संसदमा रोकिएको पनि धेरै भइसक्यो ? यसलाई छलफलमा लगेर टुङ्याउने केले रोकेको होला ? […]
टोल सुधार र फोहोर ब्यबस्थापनमा उदाहरणीय बन्दै हरिवनको वडा नम्बर ५
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ५ समाज सुधारतर्फ अग्रसर भएको छ । आफ्नो टोल आफैले बनाउनु पर्छ भन्ने सोचका साथ वडावासीहरु एकजुट भएर लागेका छन् । वडामा रहेका टोल बिकास संस्थाले समग्र वडाको हितलाई आत्मसाथ गरि काम गर्ने गरेकाले पनि सिंगो वडा नम्बर पाँचको मुहार फेरिएको स्थानीय जनताको भनाइ छ । […]
पहाडी र मधेसीको एकतामा राजेन्द्र महतोको जोड
प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका छन् । मधेसबादी नेताको पहिचान बनाएका महतोले सर्लाहीको लालबन्दीमा एक सभालाई सम्बोधन गर्दै पहाडी र मधेसीको एकतामा जोड दिएका हुन् । नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सांसद बनेका महतो बिभिन्न दल हुँदै हाल राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक रहेका छन् । शनिवार […]
जेन्स पार्लरमा जमेका पूर्वसेना सुनिल
भक्ती रिजाल, सर्लाही । नेपाली सेनाको जागिरबाट अवकास पाएपछि सुनिल कुमार ठाकुर हजाम केही समय सम्म घुमफिर र आफन्त संगको भेटघाटमा रुमलिए । जागीरको लामो अबधि सम्म नजिकबाट आफन्त भेट्न नपाएका उनी इस्ट मित्रसंग उठबैठमा ब्यस्त भए । सेनाको जागीरबाट पेन्सन पाकी हाल्यो, अब के गर्छौ ? भनेर कसैले सोधिहाले सुनिलसंग प्रस्ट उत्तर थियो, पुर्खाले […]
भरत ताल बनाएका मेयरको गुनासो- राम्रो काम गर्नु अभिशाप भयो (९ तथ्य सहित)
सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालबारे नसुन्ने कमै होलान । मानव निर्मित दक्षीण एसियाकै ठूलो ताल मानिने सर्लाहीको भरत ताल सर्लाहीकै पहिचानको रुपमा चर्चित रहेको छ । पर्यटकीय गन्तब्यस्थलको रुपमा भरत ताल लोकप्रिय बन्दै जाँदा यसका निर्मातालाई भने यतिबेला यहीँ ताल टाउको दुखाइको विषय बन्न पुगेको देखिन्छ । काम नहुँदा नेतालाई सत्तोसराप गर्ने र […]
पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि
भक्तपुर । रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले बिहीवार गरेको पत्रकार सम्मेलनमा शाखाका अध्यक्ष परशुराम पाण्डेले सो तथ्यांक प्रस्तुत गरेका हुन् । सभापति […]
भिडिओ सन्देश जारी गर्दै मह जोडीले माफी मागे
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा बोलेपछि आलोचित बन्न पुगेका कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले माफी मागेका छन् । सोमबार भिडिओ संदेश जारी गर्दै मह जोडीले माफी मागेका हुन् । उनीहरुले अपर्झट प्रतिक्रिया दिँदा आफूहरुबाट गल्ती भएको भन्दै आफ्नै मान्छे सम्झेर फाफी दिन भिडियो संदेशमा भनेका छन् । अदालतमा विचाराधीन […]











