भिडिओ सन्देश जारी गर्दै मह जोडीले माफी मागे

काठमाडौं  । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा बोलेपछि आलोचित बन्न पुगेका कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले माफी मागेका छन् । सोमबार भिडिओ संदेश जारी गर्दै मह जोडीले माफी मागेका हुन् ।

उनीहरुले अपर्झट प्रतिक्रिया दिँदा आफूहरुबाट गल्ती भएको भन्दै आफ्नै मान्छे सम्झेर फाफी दिन भिडियो संदेशमा भनेका छन् । अदालतमा विचाराधीन मुदामा नबोलेको भए हुने रहेछ भन्दै उनीहरुले आत्मालोचना गरेका छन् ।

केही दिन अघि कान्तिपुर टिभीका पत्रकारसंग कुरा गर्दै उनीहरुले सिरोहियाको पक्राउ प्रेस स्वतन्त्रताका बिरुद्ध भएको प्रतिक्रिया दिएका थिए । गृह मन्त्री र सरकारको बिरोध गर्दै मह जोडीले सिरोहियाको बचाउ गरेका थिए र उनी अदालतबाट निर्दोष ठहरिने बताएका थिए ।

Loading...