चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा मोटरसाइकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुरको चाँगुनारायण ७ खरिपाटी बस्ने ४० वर्षीय रामराज राई रहेका छन् । दिउँसो पौने २ बजे दुर्घटनामा परी गम्भिर घाईते भएका राइ लाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा नै साँझ करिब साढे ५ बजेको समयमा ज्यान गएको प्रहरीले पुष्टि गरेकों हो ।

दुर्घटना भएको मोटरसाइकल र चालक उदयपुर गाईघाट घर भई हाल खरिपाटी नै बस्ने बर्ष २४ को अबिन कुमार सार्कीलाई परिसर भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भईरहेको डिएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

Loading...