दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण मा परेकी छन् । साङदहस्थित मामा घरमा पढ्न बसेकी सूर्यविनायक -९ पलासेका कबिराज बस्नेतको छोरी चयन बस्नेतलाई शनिवार दिनदहाडै बाघले आक्रमण गरेको हो ।

वर्ष १४ की चयन घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै झाडिमा रहेको बाघले घाईते बनाएको स्थानीयले जानकारी गराएका हुन् । भक्तपुर प्रहरीले भने चयन लाई चितुवाले चिथोरेको अवस्थामा फेला पारीएको बताएको छ ।

”चयन दिउँसो पौने ४ बजे चितुवाको आक्रमणमा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।” जिल्ला प्रहरी परिसरका डिएसपी राजन कार्कीले जानकारी दिए । चयन लाई उद्धार गरी चाँगुनारायण नगर अस्पताल लगेकोमा थप उपचारको लागि टेकु अस्पताल काठमाण्डौं रिफर भई उपचार भईरहेको उनको भनाइ छ ।

स्थानीय भने बालिकालाई दिन दहाडै बाघले आक्रमण गरेको जिकिर गर्दै आतंकित बनेका छन् । उनीहरुले उक्त बाघको खोजी गरी नियन्त्रणमा लिनुपर्ने माग गरेका छन् ।

तस्वीर : गुगल

Loading...