काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् ।
मंगलबार चलचित्रको छायांकन गरिएको हो । ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका हुन् ।
एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका निर्देशिकले जनाएका छन् ।
एसिडपीडितको बारेमा बनाइदै गरेको यस फिल्ममा यस अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका थिए ।