भक्तपुर । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक समाचार सस्प्रेषण गरी समाजलाई सकारात्मकता तर्फ लैजानुपर्ने उनले सुझाव दिएका हुन् । आइतबार ङातापोल एक्सप्रेस दैनिकले आयोजना गरेको पत्रकार महासंघका पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगो नियन्त्रणमा नआएको प्रसङ्ग उप्काउदै उनले भने, “नकारात्मकता खोज्ने […]
समाज
जिसस प्रमुखको गुनासो : सामाजिक क्षेत्रमा काम गरौं भन्दा चार मेयर चार मुख गर्नुहुन्छ
भक्तपुर । एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहले अपनत्व नलिँदा एचआईभी संक्रमितहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा कठिनाइ भएको बताएका हुन् । उनीहरुले […]
मानव अङ्ग प्रत्यारोपण केन्द्रमाथि वडा अध्यक्षको गुनासो
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लिजमा दिन सहमति भएको ३१ रोपनी जग्गा लिन आलटाल गरेको भन्दै गुनासो गरेका छन्। बुधबार वडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष धिमालले अस्पतालले सेवा विस्तारका लागि २०७७ सालमा जग्गा माग गरेको र नेपाल सरकारको निर्णयबाट लिजमा दिने प्रक्रिया […]
पत्रकार महासंघ उपत्यका कोषाध्यक्ष संजीप शुभचिन्तकद्वारा पदभार ग्रहण
काठमाडौ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ ले अनामनगरस्थित महासंघ कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले यसअघि कोषाध्यक्षको जिम्मेवारी नवनिर्वाचित टोलीसँग सामूहिक रुपमा ७ पुसमा लिन नसके पनि मंगलवार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्। पद हस्तान्तरण कार्यक्रममा महासंघका निवर्तमान प्रदेश कोषाध्यक्ष अर्जुन पन्तले कोष हस्तान्तरण गरेका थिए। कार्यक्रममा घिमिरेले […]
मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने भएको छ। महोत्सवको उद्घाटन शुक्रबार बिहान साढे ९ बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा गर्ने कार्यक्रम छ। नगर प्रमुख तथा महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार महोत्सवको तयारी पूरा भइसकेको छ। यस महोत्सवले […]
उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ र आधुनिक भवनको शिलान्यास समारोह सम्पन्न भएको छ। सोमबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गर्दै अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। दक्षिण कोरियाको सरकारको आर्थिक सहयोगमा निर्माण हुने यो भवनका लागि करिब ९.५ […]
ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर
गण्डकीमा पटक पटक मन्त्री भएका प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैदको फैसला सुनाएको थियो […]
निराजनको नेतृत्वमा मगर विद्यार्थी संघ सिन्धुपाल्चोकमा नयाँ कार्यसमिति
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सदरमुकाम चौतारामा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट निराजन थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुस्मिता रखाल मगर, सचिवमा करुणा रखाल मगर, सह सचिवमा मनिका राना मगर र कोषाध्यक्षमा नवीन थापा मगर निर्वाचित भएका छन् । सर्वसम्मत रूपमा निर्वाचित […]
नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने
भक्तपुर ,२० असोज २०८१। पटक-पटक स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने भएको छ। शनिबार भक्तपुर थिमिस्थित बोदेमा सम्पन्न प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले मंसिर २८ मा सबै तहको निर्वाचन गर्ने सहमति गर्दै नयाँ नेतृत्व चयनको लागि बाटो खुला गरेको हो। महासंघको उक्त भेलाले निर्वाचन मिति तोक्न मात्र होइन, […]
पशुपतिमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालको दीप प्रज्वलन
ललिता शाह, काठमाडाैँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ । मंगलबार मात्रै मन्त्रिपरिषद् निर्णय गरेको राष्ट्रिय शोकको दोस्रो दिन बुधवार सोह्र श्राद्धको अन्तिम दिन पारेर राष्ट्रिय मुक्ति क्रान्ति नेपालले दीप प्रज्वलन गरेकाे हाे । अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र महतोको उपस्थितिमा नेता तथा कार्यकर्ताहरुले मृतकहरूको सम्झनामा […]











