पशुपतिमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालको दीप प्रज्वलन

ललिता शाह, काठमाडाै‌ँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ । मंगलबार मात्रै मन्त्रिपरिषद् निर्णय गरेको राष्ट्रिय शोकको दोस्रो दिन बुधवार सोह्र श्राद्धको अन्तिम दिन पारेर राष्ट्रिय मुक्ति क्रान्ति नेपालले दीप प्रज्वलन गरेकाे हाे ।

 अध्यक्ष एव‌‌म् पूर्वमन्त्री राजेन्द्र महतोको उपस्थितिमा नेता तथा कार्यकर्ताहरुले मृतकहरूको सम्झनामा २ सय २८ वटा दिप प्रज्वलन तथा दुई मिनेट मौनधारण गरी मृतक आत्माहरूको चिरशान्तिको कामना गरेको राष्ट्रिय मुक्ति क्रान्ति नेपालका युवा नेता राजनारायण साहले जानकारी गराए ।

दीप प्रज्वलन कार्यक्रममा अध्यक्ष सहित युवा नेताहरू सुमन सायमी जुन तारा’ मोहम्मद हुसैन, रविन्द्र , नेतृ कमला लगायतको दुई दर्जन नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियाे । गत बिहिबारदेखि लगातार तीन दिनसम्म भीषण वर्षा पश्चात आएको बाढी पहिरोले देशैभरिमा २ सय २८ जनाले ज्यान गुमाएका छन् भने राष्ट्रको झण्डै १७ अर्ब बराबरको भौतिक क्षति भएको छ ।