कोरोना त्रास: ‘भक्तपुर महोत्सव’ स्थगित

भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस ९कोभेड १९० का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले छुट्टै सचिवालय समेत बनाइ तयारी तीब्र बनाएको थियो । गौतम लासिवाको नेतृत्वमा बनाइएको सचिवालयले महोत्सवको आधा […]

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दोश्रो बैठक सुरु

काठमाडौँ, २२ फागुन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको दोश्रो बैठक सिंहदरबारमा सुरु भएको छ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक मन्त्रालयमा सुरु भएको हो । कोरोनाभाइरस नियन्त्रण, रोकथाम र हालसम्म भएका काम कारवाहीका बारेमा समीक्षा गर्दै सुरक्षाका सन्दर्भमा समेत छलफल गर्ने बताइएको छ । यस्तै, बैठकमा […]

विप्लवका जिल्ला सदस्य हतियार सहित पक्राउ

भोजपुर, २२ फागुन । ‘विप्लव’ नेतृत्वको नेकपा भोजपुुरका जिल्ला सदस्य हतियारसहित पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका विप्लव समूह जिल्ला सदस्य समुत परियारलाई हतियारसहित गाउँपालिकाको कोटबाट पक्राउ गरिएको थियो । बुधबार बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । उनको साथबाट बम बनाउन प्रयोग गरिने […]

अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन जिप्रका काठमाडौंको आग्रह

काठमाडौं, २२ फागुन । चीनको वुहान बाट सुरु भएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको छ । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विस्तारै नेपालमा पनि प्रवेश गरेको छ ।कोरोना भाइरसले विश्वका ७० बढी देशमा आतंक सिर्जना गरिसकेपछि नेपालमा पनि यो रोग भित्रिन नदिनका लागि सुरक्षाका उपायहरु अपनाउन थालिएको छ । कोरोना भाइरस […]

व्यापारीहरुले गोदाममै माक्स लुकाएकाले मेडिकलमा अभाव

काठमाडौं २२ फागुन । कोरोना संक्रमण विश्व भरि फैलिए संगै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस (कोभिन १९) उच्च जोखिमयुक्त मुलुकको रुपमा राखिसकेको छ । नेपाल सरकारले यसबाट बच्‍नका लागि आवश्यक आधारभूत तयारी गरेको छ । भीडभाड र महोत्सवजस्ता कार्यक्रम नगर्न आह्वान गरिसकेको छ। नेपाली नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहने भरपर्दो उपाय सर्जिकल माक्स लागेको […]

राधेराधेमा मानव अस्थिपन्जर यसरी भेटियो

भक्तपुर, २२ फागुन । भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका डीएसपी शान्तिराज कोइरालाले बुधवार मानव अस्थिपन्जर फेला परेको पुष्टि गरे । उनका अनुसार स्थानीय राजेश श्रेष्ठको जग्गामा रहेको […]

कोरोनाभाइरस नियन्त्रण गर्न सकिन्छ: विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस फ्लूभन्दा घातक भएपनि नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठन जनाएको छ । कोरोनाभाइरस कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो । तथापि नयाँ कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस […]

चितवनमा ट्रक र बस ठोक्किदा ९ जना गम्भीर घाइते

चितवन, २२ फागुन । चितवनमा बस र ट्रक ठोक्किँदा नौ जना गम्भीर घाइते भएका छन् । चितवनको पूर्व- पश्चिम राजमार्गस्थित खैरहनीमा बिहीबार विहान बस र ट्रक ठोक्किएको थियो । खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्पअगाडि विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६१७३ नम्बरको ट्रक […]

समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

एजेन्सी, अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए। उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा […]

कपिलवस्तुमा सडक निर्माणमा प्रयोगमा आएका ६ गाडीमा आगजनी

ठमाडौं, २२ फागुन । कपिलवस्तुमा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा सो आगजनी भएको हो । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा […]