काठमाडौँ, २३ माघ । प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जीव खड्का, सागर पाण्डे र शङ्कर […]
राजनीति
अदालतले भन्यो ‘विप्लव ज्यान मार्ने उद्योगमा लागेका छैनन’
भोजपुर, २२ माघ । भोजपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित १६ नेतालाई एक मुद्दामा सफाई दिएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिट्ब्यूरो सदस्य पदम राईलगायत १६ जनाविरुद्ध भोजपुरमा ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्दा दायर गरिएको थियो । सोही मुद्दामाथि सोमवार सुनुवाई गर्दै […]
भृकुटीमण्डपको सरकारी जग्गा प्रतिरोपनी ९ हजारमा भाडामा दिने दुई मन्त्रीविरुद्ध अख्तियारले लगायो मुद्दा
काठमाडौं, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाजकल्याण परिषदको जग्गा अत्यन्तै सस्तो दरमा भाडामा दिई ठूलो रकम अनियमितता गरेको प्रकरणमा अख्तियारले छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । महिला तथा बालबालिका मन्त्रालयको जिम्मा पाएका पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङ विरुद्ध […]
सरकारले दुई वटा रेल किन्ने प्रक्रिया अगाडि बढायो
काठमाडौ, २१ माघ । सरकारले २ वटा रेख खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको हे । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको जानकारी दिएको छ । यसअघि गत पुस २९ गते मन्त्रिपरिषद बैठकले रेल […]
भेनेजुयलामा हस्तक्षेप गरिरहे ट्रम्पले रगतले लत्तपतिएको अवस्थामा ह्वाइट हाउस छोड्नुपर्ने मादुरोको चेतावनी
एजेन्सी । निर्वाचित राष्ट्रपतिलाई चुनौती दिँदै अमेरिकाले सडकबाट विपक्षी नेतालाई राष्ट्रपति घोषणा गर्न लगाएपछि ल्याटिन अमेरिकी देश भेनेजुयलाको राजनीति तातिएको छ । जनताको ठूलो मत पाएर राष्ट्रपतिमा निर्वाचित भएका निकोलश मादुरो विरुद्ध अहिले अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरु भेनेजुयलामा संकट निम्त्याउन लागि परेका छन् । भेनेजुयलाको विपक्षी दलका नेता क्आन गुएडोले गएको जनवरी २३ मा […]
रुकुम पूर्वमा प्रवेश गर्नै रोक लगायो प्रशासनले
रुकुम, २१ माघ । सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो । रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो । सभा, जुलुस, भेला तथा प्रदर्शन […]
कर्णाली प्रदेश सरकारले सुरु गर्यो ‘छोरीबुहारी छात्रवृत्ति’
सुर्खेत, २१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ । मन्त्रालयका शिक्षा महाशाखा प्रमुख […]
अख्तियारको सुर्खेत कार्यालयमा चाङका चाङ उजुरी
सुर्खेत, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ । चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । सङ्घीय मामिलाअन्तर्गत १८८ उजुरी […]
दाङको भौवा नाकामा हतियारको ठूलो कारखाना भेटियो
दाङ । दाङको भौवा नाकामा हतियारको कारखाना भेटिएको छ । दाङको देउखुरीदेखि दक्षिणी भागमा पर्ने भारतसँग जोडिएको सीमा नाकामा प्रहरीले उक्त कारखाना भेटाएको दावी गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा भेटिएको उक्त् हतियार कारखानाबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर पेस्तोल, एउटा नलकटुवा पेस्तोल […]
नेविसंघको गाडी जलाउने कार्यविरुद्ध गगन थापाले गरे कडा निन्दा
काठमाडौं, २० माघ । शनिवार नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले सरकारी गाडीमा गरेको आगजनीका बारेमा सोही पार्टीका युवा नेता गगन थापाले निन्दा व्यक्त गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रिया लेख्दै नेविसंघले गरेको गाडी जलाउने कार्य निन्दनीय रहेको बताएका छन् । नेविसंघले शनिवार देशभर ६ वटा सरकारी गाडी नियन्त्रणमा लिएर […]










