सरकारले गर्यो ८ सय ४८ उपसचिवको समायोजन

  काठमाडौँ, २४ माघ । सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरिएको बताए । उनका अनुसार सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ । समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग […]

रेल नआउँदै रेलमार्ग क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण

काठमाडौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा जग्गा पर्नेहरुका लागि क्षतिपूर्ती वितरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै त्यसभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत र घर, टहरा, पर्खाल आदिका हकमा जिल्लादरअनुसार क्षतिपूर्ति उपलब्ध गराउने स्वीकृति दिइएको छ । दोभान–ओलाङचुङ्गोला सडकखण्ड, […]

प्रचण्डले फेरि समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ भनेपछि

चितवन, २४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताएका छन् । भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा उनले युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, “अबको राज्य समाजवाद उन्मुख राज्य हो । हाम्रो बाटो समाजवादको […]

परराष्ट्रले ल्यायो राजदुत नियुक्तिका लागि नयाँ मापदण्ड

काठमाडौँ, २४ माघ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको प्रतिनिधित्व गरेर जाने व्यक्तिलाई सम्बन्धित देशका बारेमा जानकारी र भाषिक ज्ञान नहुँदा राजदूत जस्तो गरिमामय पदको मर्यादालाई हल्कारुपमा लिएको हुँदा मन्त्रालयले नयाँ मापदण्ड बनाएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार […]

विदेश नीति कमजोर बनेको भन्दै सांसदहरुले गरे सरकारको आलोचना

काठमाडौं, २४ माघ । नेपालको विदेश नीति कमजोर बन्दै गएको भन्दै सासदहरुले सरकारको आलोचना गरेका छन् । संघीय संसद अन्तर्गतका समितिमा सा)सदहरुले सरकारको कडा आलोचना गरेका हुन् । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहीबारको बैठकमा बोल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरे । […]

वैदेशिक लगानी भित्र्याउन हेजिङ फण्ड नियमावली ल्याइयो

काठमाडौँ, २४ माघ । जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । वैदेशिक लगानीकर्तालाई सहजरुपमा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानीका लागि त्यस्तो कोष जरुरी रहेको भन्दै सरोकार भएका विभिन्न क्षेत्रले माग र चासो राख्दै […]

रक्तिम सांस्कृतिक अभियानको सम्मेलन फागुनमा

पोखरा, २४ माघ । रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन पोखरामा फागुन १, २ र ३ गते हुने भएको छ । यसको पूर्वतयारीको सिलसिलामा देशका विभिन्न जिल्लामा बैठक, भेला र सम्मेलन भइरहेको रक्तिम अभियानले जनाएको छ । सम्मेलन सम्पन्न गर्न राष्ट्रिय जनमोर्चा कास्कीसँग सम्बन्धित जनवर्गीय सङ्गठनको विशेष भेलाले उक्त दलका पूर्व जिल्लाअध्यक्ष गीरबहादुर कुँवरको […]

कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गर्ने युवकलाई ३० वर्ष कैद

म्याग्दी, २४ माघ । जिल्ला अदालतले कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का ९रवि०ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैद […]

११४० सरकारी कार्यालयको अनुगमन, २३७७ कर्मचारी कारवाहीमा

काठमाडौँ, २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रले एक आर्थिक वर्षमा ११ सय ४० सरकारी कार्यालयको अनुगमन गर्दा २ हजार ३७७ कर्मचारी कारवाहीमा परेको जनाएको छ । केन्द्रले आर्थिक बर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसमक्ष केन्द्रका सचिव विष्णुओम वादेले १६ औँ वार्षिक प्रतिवेदन बुझाउँदै उक्त तथ्यांक ल्याएका […]

सभामुख र प्रतिपक्षी दलका सदस्यबीच भनाभन

बुटवल, २३ माघ । प्रदेश नं ५ को स्थायी राजधानी तथा नामकरणको विषयमा आज सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको विषयमा टुङ्गो नलाग्दासम्म संसद् चल्न नदिने अडान लिए । सभामुख पूर्णबहादुर घर्तीले नेपाल […]