प्रधानमन्त्री ओलीले पाए ‘होली वाईन’को पुरस्कार !

काठमाडौं । केही महिना अघि होली वाईन काण्डको नामबाट बदनामी कमाएका प्रधानमन्त्री ओलीले सोही अनुसार ईसाई धर्म प्रचारक विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि लिन लागेका छन् । 

एशिया प्यासिफिक नामक संस्थाको आयोजनामा देशमा ३ दिनसम्म सर्वसाधारणको सवारी साधन समेत बन्द गरेर अन्तराष्ट्रिय ईसाई संस्थाहरुको सम्मेलन गराएका ओलीले सोही सरह विवादित हुने गरी ईसाई धर्म प्रचारक विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि लिन लागेका हुन् । कोरियाको एउटा निजी तथा क्रिश्चियन विश्वविद्यालयले दिएको मानार्थ विद्यावारिधि ग्रहण गर्नको लागि ओलीले गणतन्त्र दिवस र बजेटको व्यस्तताकाबीच २ घण्टाको समय निकालेका छन् । 

त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा. डा. तीर्थ खनिया र कोरियाका कागनाम विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले जारी गरेको निमन्त्रण पत्र अनुसार दिउँसो ११ बजेदेखि १ बजेसम्म नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्न लागिएको हो । 

सो विश्वविद्यालयले आफ्नो बारेमा वेभसाईटमा लेखेको छ ‘हाम्रो यो शैक्षिक संस्थाको स्थापना ईसाई धर्मको भावना अनुसार १९४६ मा ग्योङ्गचेओन अर्थात् ९स्वर्ग र मानव जातिको पूजा गर्नको लागि खुलेको हो । जब जापानी उपनिवेश सकिएर गरिबी र विनाशबाट हामीले मुक्ति पायौं त्यसपछि खुलेको हामीले ७० ‌औं वर्षगाँठ मनाइसकेका छौं ।’ 

यसरी सोही कलेजेको वेभसाईटमा लेखिए अनुसार यो एउटा क्रिश्चियन धर्म प्रचारक विश्वविद्यालय हो । जसले क्रिश्चियन धर्मको भावना अनुसारको शिक्षा दिने गरेको छ । सोही विश्वविद्यालयबाट प्रधानमन्त्री ओलीले मानार्थ विद्यावारिधि लिन लागेका हुन् । हाम्रा कुराबाट 

हेर्नुस् उक्त कार्यक्रम

Honorary Doctorate Conferment Ceremony

K P Sharma Oli ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಮಂಗಳವಾರ, ಮೇ 28, 2019

 

Loading...