भारतभर मोदीको चर्चा, पश्चिम बंगालमा भने भाजपाकै धुरुन्धर नेता हराउने एक सुन्दरीको चर्चा

काठमाडाैं । भारतीय लाेकसभाकाे निर्वाचनमा भारतीय जनता पार्टीले अदभूत जित हासिल गर्याे । भाजपाका कार्यकर्ताहरु देशभर जितकाे उमंगमा छन भने चुनावमा पराजित हुने भारतीय नेशल कांग्रेससहितका दलहरु भने चुनावी समीक्षामा छन् । भाजपाले यसपटक यसअघि नजितेका धेरै क्षेत्रमा राम्राे मत पायाे । त्यसमध्ये पश्चिम बंगाल एक थियाे । पश्चिम ममता वेनर्जीकाे अखिल भारत त्रिनमूल कांग्रेसकाे एकछत्र हावी रहेकाे पश्चिम वंगालमा यसपटक भाजपाले १८ सिट जित्याे ।

पश्चिम वंगालमा त्रिणमूल कांग्रेसका धुरुन्धर नेताहरु भाजपाबाट पराजित भए । तर, त्यसैमध्येमा एक सुन्दरीले भने भाजपाका उम्मेदवारलाइ नराम्ररी पराजित गरिन । केही वर्ष अघि मात्र मिस इन्डियाकाे प्रतिस्पर्धामा लागेकी सुन्दरी युवती मिमी चक्रवर्तीले भाजपालाइृ लाखाै भाेटले पराजित गरिन् । मिमी पश्चिम बंगालको जलपाईगुडीकी हुन् ।

ममता वनर्जीकाे त्रिनमूल कांग्रेसबाट चुनाव लडेकी मिमीले भाजपाका अनुपम हजारालाइ पराजित गरिन । त्याे पनि करिव ३ लाख मत अन्तरले । पश्चिम वंगालकाे जादवपुर क्षेत्रबाट चुनाव लडेकी मिमीले ६ लाख ८८ हजार ४ सय ७२ मत पाइन भने उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका अनुपम हजाराले ३ लाख ९३ हजार २ सय ३३ मत पाए । यसरी मिमीले अनुपम हजारालाइ २ लाख ९५ हजार २ सय ३९ मतको अन्तरले पराजित गरेपछि उनकाे ठूलाे चर्चा छ ।

मिमीकाे जन्म जलपाइगुडीमा भए पनि उनको परिवार केही समय अरुणचलमा बसेकाे हाे। उनले केही समयपछि फेरि परिवारका साथ जलपाइगुडी फर्केर मोडलिङ सुरु गर्दै मिस इन्डियामा सहभागी भएकी थिइन्।

केही समय अघि मात्रै ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस (टिएमसी) पार्टीमा प्रवेश गरेकी मिमीलार्ई तृणमुल कांग्रेसले जादवपुरबाट लोकसभा उम्मेदवार बनाएकाे थियाे । जादवपुरबाट चुनाव लडेकी मिमीको चुनावी र्‍यालीमा ठूलो भिड जम्मा हुने गरेको थियो। मिमी मनोरञ्जन क्षेत्रबाट भएको हुँदा चुनावी र्‍यालीहरुमा मानिसहरु आकर्षित हुनु स्वभाविक थियो। चुनावको नजिताले पनि उनकाे लाेकप्रियताकाे पुष्टि गरेकाे छ।

जादवपुर निर्वाचन क्षेत्रमा सन् १९९८ मा तृणमुल कांग्रेसको पकड रहेको थियो। यस क्षेत्रबाट सन् २००४ को लोकसभा चुनावमा सीपीआईका डाक्टर सुजन चक्रवर्तीले चुनाव जितेका थिए। त्यसपछि सन् २००९ मा यहाँबाट तृणमुल कांग्रेस फेरी विजयी भएको थियो।

Loading...