झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

सुरुङ्गा २७ साउन । झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई […]

काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ, २७ साउन । नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो । नेपाली काङ्ग्रेस […]

ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर […]

नागरिकका वैयक्तिक गोपनीयता कायम होस्

काठमाडौँ, २७ साउन । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।समितिको आजको बैठकले उक्त विधेयमाथिको सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएको छ । समितिका सभापति शशी श्रेष्ठले बैठकको अन्त्यमा विधेयकमाथिको दफावार छलफल सकिएकाले विधेयकको प्रतिवेदनमाथि सांसदले राख्नुभएको […]

धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ: मुख्यमन्त्री पौडेल

हेटौँडा, २७ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताए । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद इदुल जोहा का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र […]

वडा कार्यालयमा बम विष्फोट, वम पडकाउनेको खोजि गर्दै प्रहरी

झापा, २७ साउन । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको […]

गाउँगाउँमा सुरु भयो ‘एक घर, एक रोजगार’ कार्यक्रम

वीरेन्द्रनगर, २७ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो । “कामका लागि विदेशमा जाने […]

गण्डकी प्रदेशले अब आफ्ना कर्मचारी आफै भर्ना गर्ने, आयो लोकसेवा आयोग सम्बन्धि छुट्टै विधेयक

पोखरा, २६ साउन । गण्डकी प्रदेशले अब आफ्ना कर्मचारी आफै भर्ना गर्ने भएको छ । प्रदेश सरकारले ल्याएको छुट्टै लोकसेवा आयोग सम्बन्धी विधेयक प्रमाणीकरण भएपछि अब कर्मचारी भर्नाको बाटो खुलेको हो । प्रदेश सरकारले लोक सेवा आयोगको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको छ । गण्डकी प्रदेश सभाले […]

छोरा राहुललाई पछाडि हटाएर भारतीय कांग्रेसको अध्यक्षमा फेरि सोनिया गान्धी

काठमाडौैं । भारतीय कांग्रेसको अध्यक्ष फेरि सोनिया गान्धी बनेकी छिन्। यससँग भारतीय कांग्रेसको नेतृत्व फेरि पनि गान्धी परिवारमै रहने विरासत कायमै रहेको छ । यसअघि पनि सोनिया लामो समय पार्टीको अध्यक्ष थिइन । पछिल्लो समय उनले छोरा राहुललाई जिम्मा लगाएर निस्कृय भएकी थिइन । छोरा राहुल गान्धीले गत निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि पदबाट राजीनामा […]

नेपाली सेनाका मेजरलाई काठमाडौंबाट गएको प्रहरीको टोलीले पूर्वी पृतनाकै गेटमा गर्यो पक्राउ

काठमाडौं, २५ साउन । लागु औषध ब्राउन सुगरसहित नेपाली सेनाका एक बहालवाला मेजर पक्राउ परेका छन् । उनलाई प्रहरीले रहस्यमय तरिकाले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाली सेनाका मेजर अजितप्रताप सिंह हुन । उनलाई नेपाली सेनाको पूर्वी पृतना बाहिरबाट प्रहरीले गिरफ्तार गरेको हो । इटहरीको हलगढामा नेपाली सेनाको पूर्वी पृतना छ । मेजर सिंह […]