काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचनका लागि मनोनयन फारम वितरण सुरू भएको छ।
सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिँदै छन्। उनको प्रस्तावकमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह बस्ने स्रोतले जानकारी दिए।सभापति उम्मेदवार बन्न एक जना प्रस्तावक र ५१ जना समर्थकको आवश्यकता पर्छ।
सभापतिको मनोनयन फारम दर्ता गर्न रवि र बालेन सँगसँगै अहिले महाधिवेशन स्थलमै रहेको निर्वाचन आयोगको सचिवालय गएका छन्।
शाह आफै गाडी चलाएरै बन्द सत्रमा पुगेका हुन् । उनी आजै दिउँसो बन्द सत्र सुरु हुँदा भने पुगेका थिएनन् । रास्वपाको महाधिवेशन आइतबारदेखि जारी छ । आजबाट सुरू भएको महाधिवेशन भोलिसम्ममा सक्ने रास्वपाको तयारी छ ।







