चर्चित सुडान घोटाला प्रकरणका दोषी मुख्य ठेकेदार पक्राउ

काठमाडौं, १३ भदौ । चर्चित सुडान घोटाला काण्डका दोषी ठेकेदार शम्भु भारती पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई ललितपुरमा रहेको उनको निवासबाटै पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले सुडान घोटाला मुद्दामा तत्कालिन महानिरिक्षकहरु ओमविक्रम राणा, हेमवहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो । सर्वोच्चले दोषी ठहर गरेसँगै उनी फरार भएका थिए ।

फरार रहेका भारती आज पक्राउ परेका हुन् । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश शुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्चले भारतीलाई १४ करोड २० लाख विगो र त्यती नै जरिवाना सहित एक बर्ष कैदको फैसला गरेको थियो ।

भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए । यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो ।

Loading...