२५ प्रतिशत बढुवामा पुनर्योगको नतिजा सार्वजनिक

भक्तपुर । शिक्षक सेवा आयोगले २५ प्रतिशत बढुवाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले यस अघि प्रकाशित गरेको बढुवाको नतिजामा चित्त नबुझी पुनर्योगको निवेदन दिएकाहरुको पुनर्योगको नतिजा प्रकाशित गरेको हो ।

आयोगद्वारा विभिन्न मितिमा प्रकाशितलिखित परीक्षाकोनतिजामा चित्त नवुझी पुनर्योगका लागि पेश भएका आवेदन उपर पुनर्योग समितिको मिति २०७६ भदौ ११ गतेको निर्णय एवं सिफारिस बमोजिम नतिजा सार्वजनिक गरिएको जनाइएको छ ।

आयोगले निम्न माध्यमिक तहको द्धितीय श्रेणीको ताप्लेजुङ, प्राथमिक तह द्धितीय श्रेणीको झापा र पर्सा तथा प्राथमिक तहकै प्रथम श्रेणीको गुल्मी र स्याङ्जाको २५ प्रतिशत बढुवाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

पुनर्योगको निवेदन दिएका मध्ये कसैको पनि नतिजामा परिवर्तन नभएको आयोगले जनाएको छ ।

Loading...