प्रचण्डका घरभेटीका कारण धुलो र हिलोखान बाध्य भएको भन्दै गगन थापा नै स्थानीय लिएर बसे धर्नामा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा सडक विभागको कार्यालयमा धर्ना बसेका छन् । उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं. ४ का स्थानीय बासिन्दासहित सडक विभागको कार्यालयम धर्ना बसेका हुन् ।

काठमाडौं क्षेत्र नम्वर ४ अन्तर्गत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ वटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनी विरुद्ध स्थानीयले धर्ना दिएका हुन् । शैलुङ कन्स्ट्रक्सनका मालिक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल अहिले बसिरहेको घरका घरभेटी समेत हुन् । प्रचण्डलाई लाजिम्पाटको घर छोड्न लगाएर उनले खुमलटारमा रहेको आफ्नो घर उपलब्ध गराएका शैलुङ कन्स्ट्रक्सनका मालिकले निर्माण क्षेत्रमा निकै ढिलासुस्ती गर्ने तर सबै कामहरु सेटिङमा लिने गरेका छन् ।

ठेक्का लिएको ९ वर्ष बितिसक्दा पनि सडक निर्माण नभएपछि स्थानीयवासी आक्रोसित भएका छन् । यो सडकका कारण सिर्जना हुने हिलो र धुलोले यहाँका बासिन्दा निकै सास्ती खेप्तै आएका छन् । सोही समस्याका विरुद्ध उत्रिएका स्थानीयवासीलाई सांसद थापाले साथ दिँदै धर्नाको नेतृत्व गरेको उनी नजिकका कार्यकर्ताहरुले जनाएका छन् । सरोकारवालाले सडक निर्माणमा गर्ने ढिलासुस्ती नहटाएसम्म भर्ना दिने चेतावनी दिएका छन् ।

Loading...