लोकतन्त्रको चिरहरणः कोही कान्दानी–बाइमात्रा मिलाएर मार्ने त, कोही खुकुरी उध्याउने

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै नेताहरुले निरंकुश शास्त्रमा पीएचडी हासिल गर्नु नै रहेको अन्तिम सत्य हो । ०७ सालको क्रान्तिपछि शक्तिविहीन राजालाई ‘बिजुली गारत’ नामको सैनिक टुकडी ‘टिप्स’ नदिएको भए लोकतन्त्रवादी नेताहरुको त्यो […]

एनसेललाई जोगाउन मिलेमतो गरेको भन्दै न्यायाधिशकै पुत्ला जलाउने विप्लवको घोषणा

काठमाडौं, १४ भदौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिएको छ। शनिवार एक विज्ञप्ति जारी गर्दै विद्रोही नेकपाका महासचिव विप्लवले सरकारकै इशारामा अदालतले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय गरेको दावी गरेका छन् । विद्रोही नेकपाले अदालतको यो आदेशका […]

पूर्वमन्त्री नेपालीको निधन

जलेश्वर, १४ भदौ । महोत्तरीबाट पूर्व युवा तथा खेलकूदमन्त्री रहनुभएका गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उनका छोरा बजरंग नेपालीले बताए । विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर […]

‘पत्रकारको एउटा कार्ड बोकेर हिँड्दैमा तरबार बोकी मान्छे काट्दै हिँड्न पाइन्छ ?’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै उनले तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको उल्लेख गरे। राजनीतिक संक्रमण अन्त्य भएको र जनताको बलिदानबाट प्राप्त उपलब्धि […]

पूर्वमन्त्री केसीलाई कारवाही माग

सोलुखुम्बु, १४ भदौ । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु– काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए। पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हित विपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष […]

पार्टी नीति र नेताहरुविरुद्ध बोले कारवाही गर्ने भन्दै नबोल्न नेकपाको निर्देशन जारी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिकरुपले नबोल्न निर्देशन जारी गरेको छ । नेकपाले ‘अन्तरपार्टी निर्देशन -२’ जारी गर्दै नेता र कार्यकर्तालाई उक्त निर्देशन जारी गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अन्तरपार्टी निर्देशन -२’ जारी गर्दै पार्टीको नीति र नेतृत्वका विषयमा चित्त नबुझेका कुरा पार्टी च्यानलमा राख्नुपर्नेमा जोड दिंदै सार्वजनिक आलोचना […]

रवि लामिछानेलाई हिरासतमै सुटुक्क किन भेटेको भन्दै सर्वेन्द्र खनाललाई सरकारले सोध्यो स्पष्टिकरण

काठमाडौं, १३ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाइ भेट गरेको भन्दै सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनैले नाम जोडेपछि पक्राउ परेका न्यूज २४ टेलिभिजनबाट प्रशारित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवी लामिछानेलाई आइजीपी खनालले भेटघाट गरेको भन्दै उनीसँग गृहमन्त्रालयले स्पष्टिकरण सोधेको […]

बेपत्ताहरु पीडा ज्यू त्यू, न्यायको नाममा भयो पीडाको व्यापार

काठमाडौँ, १३ भदौ । स्नेहा बस्नेत दुई वर्षकी हुँदा बेपत्ता पारिएका बुबा नारायणबहादुर बस्नेतको अझै अत्तोपत्तो छैन । बुबा आउने आशामा २१ वर्ष बित्यो । तर अहिलेसम्म केही खबर आएन । विसं २०५५ मा गोरखाबाट तत्कालीन राज्यपक्षबाट बुबा बेपत्ता भएपछि स्नेहाकी आमाले अर्को विवाह गर्नुभयो । बाबुआमाको काखमा बढ्ने, हुर्कने दुई वर्षको उमेरमै बाबुआमाविहीन हुनुप¥यो […]

महिला सशक्तीकरणमा विश्वमै अनुकरणीय नेपाल ः जापानी सांसद

काठमाडौँ, १३ भदौ । नेपाल भ्रमणमा रहेका जापानको महिला संसदीय प्रतिनिधिमण्डलले महिला सशक्तीकरणका निम्ति नेपाल विश्वमै अनुकरणीय देश भएको बताएको छ । जापानी संसद्की प्रभावशाली सदस्य इनादा तोमोमी नेतृत्वको महिला सांसदको टोलीले मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूसँग भएका भेटमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा नेपाली नारीले विविध चुनौती झेल्नु परेको भए पनि राजनीतिक सशक्तीकरणको प्रशंसा गरेको छ । […]

अदालतका बारेमा रचनात्मक टिप्पणी कहिले अवहेलनाभित्र पर्दैन भन्दै कुर्लिए सांसदहरु

काठमाडौँ, १३ भदौ । सर्वोच्च अदालतबाट एनसेल लगायतका विषयमा आएको निर्णयले संसदीय समितिमा प्रवेश पाएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले एनसेल प्रकरणमा अदालबाट कर नै निर्धारण गरेको पाइएको हुुँदा यस विषयमा सभापतिको ध्यानाकर्षण होस् भने । उनले भने, “समितिमा यस्ता कुरा उठाउन पाइने हो कि होइन, तर […]