बैंकमा नक्कली काम गर्ने खत्रीको मन्त्री पद खोसियो

सुर्खेत, ३१ साउन । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिएका छन। मन्त्री खत्रीविरूद्ध […]

प्रधानमन्त्री ओलीको मृगौलामा समस्या देखिएपछि अचानक सिंगापुर लगिदै

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक फेरि समस्या देखा परेको छ । प्रम ओलीको मृगौलाले काम गर्ने क्रम घट्दै जान थालेकोले गम्भीर चिन्ता व्यक्त गरिएको छ । केही दिन अघि सिंगापुरमा उपचार गरेर फर्केका प्रम ओलीको स्वास्थ्य फेरि गम्भीर समस्या देखा परेपछि सिंगापुरमै लग्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । […]

कास्मिरमा भारत र पाकिस्तानी सैनिकबीच गोली हानाहान सुरु, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौं । कास्मिरकाे तनाव अन्तत: युद्धतिर उन्मुख हुन थालेकाे छ । नरेन्द्र माेदी नेतृत्वकाे सरकारले कास्मिरकाे स्वायत्तता खारेज गरी केन्द्र प्रशासित क्षेत्रका रुपमा कास्मिरलाइ कायम गरेपछि सुरु भएकाे तनाव पछिल्लाे समय गाेली हानाहानसम्म पुगेकाे छ । गाेली हानाहानमा परी बिहीबार मात्र पाँच भारतीय सैनिककाे मृत्यु भएकाे छ । साथै तीन पाकिस्तानी सैनिककाे पनि मृत्यु भएकाे […]

काठमाडौंबाट रवि लामिछाने गिरफ्तार, चितवन लगिदै

काठमाडौं । प्रहरीले चर्चित पत्रकार रवि लामिछानेलाइ पक्राउ गरेकाे छ । काठमाडाैंकाे पानीपोखरी स्थित न्युज २४ टेलिभिजनको कार्यालयबाटै उनी पक्राउ परेका हुन् । प्रहरीले रवी सहित युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाइ चितवन लाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।  पत्रकार पुडासैनी प्रकरणमा जाेडिएकी नर्स अस्मिता कार्की पक्राउ परेकाे केही घन्टामै प्रहरीले रविलाई […]

वडाअध्यक्षमाथि यसरी दलियो कार्यकक्षमै कालोमोसो, विप्लव खोज्दै प्रहरी

काठमाडौं, ३० साउन । म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई अपरिचित समूहले कार्यालयमै कालाे मोसो र चप्पलको माला लगाइदिएको छ । कार्यालयमा काम गरिरहेकै अवस्थामा वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो । बिहीबार बिहान ११ बजे थापालाई कार्यालयमै आएका अपरिचित समूहले मोसो र माला लगाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले […]

शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती मनाइयो

ललिपुर, ३० साउन । शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । शहीद स्मारक समितिले पुल्चोकस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरी प्रजातन्त्र ल्याउन शास्त्रीले पु¥याएको योगदानको बारेमा चर्चा गरियो । ललितपुर बखुमबहाल निवासी पिता माधवराज जोशी र माता रत्नमाया जोशीका माइला सुपुत्रका रुपमा विसं १९५० भदौ १३ गते जनैपूर्णिमाको दिन भारतको […]

प्रधानमन्त्री मर्माहत

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाएका छन् ।प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे […]

स्कुल विभाग कसले लिने विवाद उत्कर्षमाः तनावमा ओली–प्रचण्ड

काठमाडौं, ३० साउन। नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको बैठक असफल हुँदै आएको छ।दुई पार्टी एकीकरण गर्न सहमति जुटाएका अध्यक्षद्वयबीच स्कुल विभागको जिम्मेवारी बाँडफाँडलाई लिएर अविश्वास […]

भोलिदेखि लगातार ३ दिन सार्वजनिक विदा

काठमाडौं । यसपटक महिनाकाे अन्तिममा लगातार ३ दिन विदा परेकाे छ । भाेलि साउन ३० गते जनै पूर्णिमा तथा रक्षा बन्धन हाे । त्यसैगरी साउन ३१ गते शुक्रबार गाइजात्रा पर्व हाे । त्यसपछि महिनाकाे अन्तिम दिन यसपटक शनिवार परेकाे छ । भाेलि बिहीबार जनै पूर्णिमासँगै रक्षाबन्धन, क्वाटी खाने दिन र संस्कृत दिवस पनि परेका छन् […]

कर्णालीका मुख्यमन्त्री बोल्दै गर्दा कालिकोटमा दुई वम प्रहार

कालिकोट, २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका विरुद्ध कालिकोटमा दुई वटा वम प्रहार गरिएको छ । कालिकोटको पचाल झरना गाउँपालिकाद्वारा आयोजना गरिएको गाउँसभालाई सम्बोधन गर्दै गर्दा वम प्रहार भएको हो । आज बुधवार कालिकोट पचाल झरना गाउँपालिकाको वार्ड नं. ३ खार्दुमा गाउँपालिकाले गाउँसभाको आयोजना गरेको थियो । सोही गाउँसभालाई सम्वोधन गर्नका लागि […]