सङ्गठन बिरुद्ध गतिविधि गर्ने प्रकाश डुम्रेसहित तीन जना क्रान्तिकारी पत्रकार संगठनबाट निष्कासित

काठमाडौं ।  सङ्गठनबिरुद्ध अराजक गतिविधि गरेपछि क्रान्तिकारी पत्रकार संगठन, नेपालले प्रकाश डुम्रे लगायत तीन जना केन्दीय सदस्यलाई संगठनबाट निष्कासन गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनले डुम्रे सहित हिम विष्ट र सृजना तिम्सिनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । हेटौडा महाधिवेशनबाट गुट बनाएर हिडेका उनीहरुले नगरकोट सम्मेलनमा भएको बन्द सत्रको […]

सरकारलाई राजपा सांसदको प्रश्न: उपप्रधानमन्त्रीलाई झण्डा नदेखाएर के बन्दुक देखाउनु पर्थ्यो ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । साथै घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । संसदको शुक्रबारको बैठकमा सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्ण राजपा सांसदले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । […]

दुई दशकपछि अपि हिमाल आरोहणमा विदेशी आइपुगे

दार्चुला ।  सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना नेपालीसहित) १० जनाको टोली दार्चुला आइपुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको भदौ २२ गतेको अनुमति लिएर विदेशी टोली अपि हिमाल आरोहणका लागि आएको हो । यसअघि २०५५/५६ सालअघि मात्रै […]

ब्रिगेड ब्वाइजले भित्र्यायो तीन विदेशी खेलाडी, को-को हुन् ?

काठमाडौं ।  चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ लामाले जानकारी दिए । कजिम एन्टी जी र टी जी स्ट्राइकरको रूपमा तथा करिमले मिड फिल्डबाट […]

तीजको दर खाएर नाच्दै ढले सिवाकोटी

काठमाडौं । तीजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केही बेरमै अस्पताल पुर्याइए पनि डाक्टरले उनका मृत्यु भइसकेको घोषणा गरे । अचेत भएको केही बेरमै उनको ज्यान गएको […]

निर्मलालाई डान्स सिक्न कर गरेको नयाँ खुलासा, प्रहरीको उल्टो अनुसन्धान

काठमाडौं । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित […]

एकाबिहानै डोटीमा बस दुर्घटना, २४ जना घाइते

डडेल्धुरा । डाेटीको जोरायल गाउँपालिका– २, छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे दुर्घटना भएको हाे । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार, बसमा कति यात्रु थिए भन्ने नखुले पनि २४ यात्रु घाइते […]

नेकपाले बोलायो सचिवालय बैठक, के-के विषयमा हुदैछ छलफल ?

काठमाडौं ।  मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यक्रम छ । बैठकको मुख्य एजेण्डा तल्ला कमिटिको पार्टी एकता र सरकारको काम–कारबाही रहेको नेताहरूले […]

सर्वाेच्चले पायाे ६ महिनापछि प्रधानन्यायाधीश

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले १ चैत्र ०७४ मा राजीनामा दिएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । अन्तत: सर्वाेच्चले ६ महिनापछि प्रधानन्यायाधीश पाएकाे हाे । पराजुलीको […]

इन्धनको मूल्य बढाएको विरोधमा कांग्रेस आईले गर्‍यो भारत बन्द

काठमाडौं ।  पेट्रोल डिजेलको बढ्दो मूल्यको विरोधमा कांग्रेस आईले आज भारत बन्द आह्वान गरेको छ । भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्‍यो । मुम्बईम कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको […]