हवाइ कम्पनीले हुम्लावासीसँग गरे यस्तो सहमति

हुम्ला । सुर्खेत र नेपालगन्जबाट हुम्लाको लागि उडान भर्ने निजी एयरलाइन्सले भाडादर नमिलेको भन्दै भाडादर कायम गराएका छन । जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले निजी एयरलाइसका प्रतिनिधी र हुम्लाबासीबीच ७ बुद्धे लिखित सहमती भएको हो ।

निजी एयरलाइन्सका कर्मचारी, जिल्लाका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगायतको सर्बपक्षीय सहभागितामा यो सहमति भएको हो । हुम्लाका मुख जिल्ला अधिकारी धोलकराज ढंकालले बैठकले सिजनमा र अफ सिजनमा हुम्लाका लागि निजी कम्पनीका जहाजले नियमिति उडान भर्ने र तोकिएको सहुलियत हवाइ भाडा दर कायम सहमति भएको जानकारी दिए ।

तारा एयर र समिट एयरले नेपालगन्जबाट सिजन र अफसिजन दुबै समयमा प्रति प्यासेन्जर ६ हजार लिएर हप्तामा २÷२ वटा उडान भर्ने जनाएका छन ।

उता सुर्खेतबाट सिता एयरलाइन्सले २÷२ फलाईट र अन्यले १÷१ उडान भर्ने सहमति गरेका छन् । उनीहरुले सुर्खेतबाट प्रतिव्यक्ति ५ हजार ५ सय भाडा लिने सहमति जनाएका छन् । त्यसैगरी नेपालगन्जबाट चार्ट फ्लाइटको लागि १० हजार ५ र सुर्खेतबाट १० हजार रुपियाँ भाडादर कायम गरिएको छ । त्यसैगरी सिमकोटबाट फिर्ता हुँदा सहुलियत दरमा उडान भर्ने सहमती पनि एयरलाइन्सले गरेका छन् ।

तारा एयलाइन्सका प्रतिनिधी मनोज भारतीले नेपालगन्जबाट कार्गोका सामानहरु उडाउनको लागि प्रति केजी १ सय १५ र सुर्खेतबाट १ सय ५ ढुवानी दर कायम गर्ने सहमति भएको छ । प्रत्येक दिन १÷१ कार्गो सामान उडान भर्ने र अत्यावश्यक औषधी,खाद्यान्न र निर्माण व्यवसायका सामानलाई पहिलो प्रथामिकता दिने निर्णय पनि गरिएको छ ।

टिकट वितरण प्रणालीलाई हुम्ली सेवा समाजलाई जिम्मा दिने र ४ वटा टिकट निजी एयरलाइन्सकै जिम्मामा लगाएको छ ।

नेपाल एयरलाइन्सले हरेक दिन एक÷एक फ्लाइट उडान गर्नको लागि नेपालगन्जमा अनिवार्य उडान गर्ने जनएको छ । नेपालकै ७७ वटा जिल्ला मध्ये सडक यातयातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वका जहाज र निजी कम्पनीका जहाजले उडान नियमित नगर्ने गरेकोले समस्या बढेको थियो ।

आईतबार बसेको बैठकले निजी एयरलाइन्सका कम्पनीका जहाजहरुले हुम्लाबासीसँग गरेको सहमती विपरित गरेका अर्को सिजनमा जहाज उडानमा रोक लगाउने निर्णय गरेको छ ।

Loading...