महासचिव पौडेलको जग्गा वैधानिक भएको र त्यसमा कुनै प्रश्न उठाउन नपाइने भूमिसुधारमन्त्रीको दावी

काठमाडौं, १५ वैशाख । भूमिसुधारमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री निवास परिसर (ललिता निवासको)मा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलका छोरा नवीन पाैडेलको नाममा बनाइएको जग्गा वैधानिक भएको बताएकी छिन् ।

अरुहरुकाे जग्गा राेक्का गरिए पनि मन्त्री अर्यालले पार्टीका महासचिव पाैडेलले भने बैधानिक रुपमै खरिद गरेकाे दावी गरेकी छन् । सरकारी जग्गालाइ षडयन्त्रपूर्वक निजी बनाइएकाे भन्दै व्यापक विराेध अाइरहँदा मन्त्री अर्यालले अरुकाे जग्गा राेक्का गरेकाे भए पनि अाफ्नाे पार्टीका महासचिवकाे भने बचाउ गरेपछि धेरैले अाश्चर्य प्रकट गरेका छन् । उनले महासचिव पाैडेलकाे जग्गामा प्रश्नै नउठ्ने समेत दावी गरेकी छन् ।

मन्त्री अर्यालले भनेकी छन्, ‘मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको देखिन्छ । मोहीको जग्गा किनेकोले वैधानिक छ । मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्दैन ।’

यता मालपोत कार्यालयको अभिलेखले भने मन्त्री अर्यालकाे उक्त भनाइको भनाइ खण्डन गरेको छ । अहिले पौडेलको नाममा भएको कित्ता मोही भनिएकी माया प्रजापतिको नाममा देखिएको छ ।

पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उक्त जग्गा रोक्का राखिएको भूमिसुधारमन्त्री अर्यालले पुष्टि गरेकी हुन् ।

आयोगले प्रधानमन्त्री निवास बालुवाटार परिसरको जग्गा सरकारी भएको बताएको छ । मोहीबाट उनीहरूको नाममा आएको जग्गा २०६१ सालमा पौडेलको नामा सरेको छ ।

उक्त कित्ताको ८ आना जग्गा ढकाल र सुवेदी बाट पौडेलले जम्मा ४ लाखमा किनेको डिल्लीबजार मालपोत कार्यालयको अभिलेखमा देखिन्छ ।

तर, हालका लागि नेकपाका महासचिव पौडेलले किनेको प्रधानमन्त्री निवास बालुवाटार परिसरको आठ आना जग्गा रोक्का गरेको बताइएकाे छ । तर, राेक्का गरे नगरेकाे एकिन भने छैन । भूमिसुधारमन्त्री अर्यालले बालुवाटारभित्र रहेका जति कित्ता रोकिएको भन्दै उनले त्यो कित्ताभित्र विष्णु पौडेलको छोरा नवीन पौडेलको जग्गा पनि पर्ने बताएकी छन् । तर, उनले एकातिर राेकिएकाे जग्गाभित्रै पाैडेलकाे जग्गा परेकाेले त्याे पनि राेक्का भएकाे भनेकी छन भने अर्काेतिर पाैडेलले किनेकाे जग्गामा प्रश्न नै नउठ्ने दावी पनि गरेकी छन् । यसबाट त्यहाँ खरिद बिक्री भएका सबै जग्गालाइ अन्तत सरकारले फेरि वैधानिकता दिन लागेकाे हाे कि भन्ने सराेकारवालाहरुले प्रश्न उठाएका छन् ।

मन्त्री अर्यालले केही नि अघि रिपोर्टस क्लबमा बोल्दै ललिता निवासका विवादित जग्गाहरुका बारेमा छानविन गर्न सरकारले शक्तिशाली आयोग बनाउन लागेको पनि बताएकी थिइन । साथै उनले सरकारले अधिग्रहण गरेर जफत गरेको जग्गा बेचिएको भए त्यो खारेज हुने पनि बताएकी थिइन । उनले त्यहाँ रहेका जग्गारुको कित्ता कटान गर्ने काम पनि गरिरहेको बताएकी थिइन ।

Loading...