माओवादीमा बहस : एकता कि विघटन ?

काठमाडौं ।  ‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेतामुखी भइयो, नीतिमुखी त हुनै सकिएन । हामी सच्चिनै नसक्ने अवस्थामा पुगिसकेका हौं भने पार्टी विघटन गरिदिऊँ, यतातिर पनि […]

नेमप्लेट मात्र झुन्ड्याउन मन्त्री नभएको भन्दै पोखरेलले ल्याए २६ बुदे प्रतिबद्धतापत्र

काठमाडाैं । भिजन भएको मन्त्रीको रुपमा परिचय बनाएका गिरिराजमणि पोखरेलले आफ्नो कार्यकालमा गर्ने कामको फेहरिस्त सार्वजनिक गरेका छन् । यसअघि शिक्षा मन्त्रालय सम्हालेका पोखरेलले आफ्नो झण्डै २ दर्जन प्रतिबद्दता पेश गर्दै धेरैजसो प्रतिबद्दता पुरा गरेर सफल शिक्षा मन्त्रीको रुपमा आफ्नो नाम दर्ज गराएका थिए । आइतवार उनले स्वास्थ्यको क्षेत्रमा पनि आफ्ना प्राथमिकता रहेका क्षेत्र पहिचान […]

केन्द्रीय सदस्य जीवनलाई निष्कासन गर्दै नेकपाले दियो गडवडी नगर्न चेतावनी

काठमाडौँ, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीले गगनबहादुर खड्का ‘जीवन’लाई पार्टीको साधारण सदस्यबाट निस्काशन गरेको छ । आतइबार प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर विचार र कार्यदिशाबाट पयालयनता, सुधारवाद, आत्मसुरक्षावाद र वर्ग संघर्षमा गम्भीर गल्ती गरेको भन्दै पार्टी सदस्यबाट समेत निश्कासन गरेको बताएका छन् । प्रवक्ता प्रकाण्डले जीवनको विज्ञप्ति क्रान्तिकारी ध्रुबिकरणविरुद्ध भएको बताउँदै प्रतिक्रियावादी षड्यन्त्र भएको बताए […]

भरतपुरमा रेणुमाथि चुनौतीका पहाडै पहाड

चितवन, २२ साउन । सबैभन्दा बढी चर्चा र विविध टिप्पणीका बीच रेणु दाहाल भरतपुर महानगरपालिकाकाे मेयरमा निर्वाचित भएकी छन् । नेपाली कांग्रेस र नेकपा (माअाेवादी केन्द्र)का बीच बनेकाे गठबन्धनबाट उम्मेदवार बनेकी रेणुले एमालेका उम्मेदवार देवी ज्ञवालीलार्इ पराजित गर्दै विजयी बनेकी हुन् ।  भरतपुरमा गत बैशाख ३१ गते मतदान भएकाे थियाे । बैशाख ३१ गते मतदान […]

८ सय मत गन्दा मत अन्तर १५३ मा झर्यो । रेणु निरन्तर उकालोमा देवी ओरालोतिर

चितवन , २१ साउन । मत गन्न बाँकी अन्तिम वडा भरतपुर महानगरको २० नम्बरमा रेणु दाहालले अर्का उम्मेदवार देवी ज्ञवालीसँगको मतअन्तर तीब्र गतिमा घटाइरहेकी छन् । पछिल्लो मतपरिणाम अनुसार रेणु दाहाल र देवी ज्ञवालीको मत अन्तर १ सय ५३ मा पुगेको छ । वडा नम्बर २० मा खसेको ३ हजार ३ सय १८ मत मत […]

भरतपुर २० मा रेणुले मतअन्तर ह्वात्तै घटाइन । रेणु करिव जित नजिक

चितवन , २१ साउन । शुक्रबार मतदान भएको भरतपुर १९ को मत गणना सकिएपछि अहिले २० नम्बर वडाको मतगणना भइरहेको छ । भरतपुर महानगरको २० नम्बर वडा मतगणना हुन बाँकी अन्तिम वडा हो । यही वडाले नै भरतपुर महानगरको मेयरको टुङ्गो लगाउने भएकोले सबैको ध्यान अहिले यसैमा छ् । प्रारम्भिक नतिजा अनुसार भरतपुर २० वडाको […]

भरतपुर १९ मा कांग्रेसको प्यानलै विजय भएपछि रणु फुरुङ्ग, देवी चिन्तित

चितवन , २१ साउन । भरतपुर महानगरपालिका वडा नं। १९ को वडा अध्यक्षमा काग्रेसका विजयी कर्णबहादुर गुरुङ्गसहित काग्रेस प्यानलै विजयी भएको छन् । सो १९ नं. वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यहरुले विजयी भएका हुन् । सार्वजनिक गरिएको मत परिमण अनुसारमा गुरुङले १४ सय ७८ मत पाएका छन् गतराति शुरु भएको मतगणना कार्य वडा नम्बर […]

डोटीमा खतरानाक जीप दुर्घटना । मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो

डोटी, २१ साउन । डोटीको कटैगाउँमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । जिल्लाको बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ नजिकैको भिरालो ठाउँमा उक्त बस दुर्घटना भएको हो । यसअघि गगुडा गाविसको वार्ड नंं ८ मा रहेको उक्त क्षेत्र हाल बोगटान गाउँपालिकाको वार्ड नं. ६ मा पर्दछ । गएराती तीब्र गतिमा रहेको जीप […]

भरतपुर–१९ को पुनः मतदानमा कसले मार्ला बाजी ?

चितवन, २० साउन । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । सर्वोच्च अदालतको अन्तिम फैसला आएपछि भरतपुर १९ मा […]

निगममा सेटिङ मिलाउन ५४ गुणा महङ्गो मुल्य सिफारिस गरेर करोडौ घोटाला

काठमाडौं, २० साउन । नेपाल आयल निगमले अर्बौं रुपैयाँको जग्गा किन्दा भएको करोडौं घोटालालाई ढाकछोप गरी कानुनी प्रक्रिया पुर्‍याउन स्थानीय तहका कर्मचारीलाई समेत प्रयोग गरेको खुलासा भएको छ। निगम अधिकारी र एजेन्टले जग्गा खरिद गर्दा स्थानीय तहका कर्मचारीबाट चलनचल्तीको बजार मूल्य महँगो देखाएर कानुनी प्रक्रिया पुर्‍याउन खोजेका हुन्। स्थानीय तहका कर्मचारीले धेरै महँगो सिफारिस गरे […]