राजधानीभित्रै विद्युत ट्रान्सफरमा अड्किएर पहिलो पटक चितुवा मर्यो

काठमाडौं । काठामाडाैैमै विद्युत ट्रान्सफरमा अड्किएर एक चितुवाकाे मृत्यु भएकाे छ । काठमाडाैकाे कागेश्वरी मनहरा नगरपालिकाकाे वार्ड नं.१ स्थित गागलफेदी गाउँमा रहेकाे विद्युत् ट्रान्सफरमरमा चितुवाको मृत्यु भएको हाे।

वन्यजन्तु संरक्षणमा काम गर्ने विज्ञहरुले याे घटना अनौठो र नौलो भएको बताएका छन् । सहरकाे विद्युत ट्रान्सफरमरमै चढेर चितुवा मरेकाे यस्ताे घटना अहिलेसम्म घटेकाे थिएन । यसरी मरेकाे चितुवा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले लोपोन्मुख जनावरको सूचीमा राखेको चितुवा हाे ।

धेरैले होचो ठाउँमा ट्रान्सफरमर राखिएका कारण चितुवा चढेर करेन्ट लागेर मरेकाे हुनसक्ने अनुमान गरेका छन् । मरेकाे चितुवा करिब एक वर्ष उमेरको पाेथी चितुवा हो। उक्त चितुवाकाे लम्बाइ साढे ५ फिट रहेकाे थियो ।

मंगलबार बिहानै त्यस क्षेत्रका स्थानीय र प्रहरीले चितुवा ट्रान्सफरमा अड्किएको सूचना दिएका जिल्ला वन कार्यालय काठमाडौंलाइ दिएका थिए । खबर अाएपछि वन कार्यालयका सहायक वन अधिकृत अरुणकुमार गुप्ताको नेतृत्वमा एक टोली घटनास्थल पुगेको थियो। जीवित उद्धारको सम्भावनालाई ध्यानमा राख्दै टोलीले सो क्षेत्रमा बिद्युत् आपूर्ति बन्द गराएको थियो। तर टाेलीले उद्धारकाे लागि पहल गर्दा चितुवा मरिसकेकाे भेटिएकाे थियाे ।

त्यस क्षेत्रका स्थानीयवासीले दुई-चार दिनदेखि चितुवा देखिएको जानकारी गराएका थिए । शिवपुरी राष्ट्रिय निकुञ्जबाट निस्केको चितुवा गागलफेदि आइपुगेको अनुमान संरक्षणकर्मीको छ।

Loading...