१८ जिल्लाका प्रहरी प्रमुख र ४५ एसपीको सरुवा

काठमाडौं, १२ जेठ । प्रहरी प्रधान कार्यालय नक्सालले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा सूचिअनुसार १८ जिल्लाका प्रहरी प्रमुखमा पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ । सिरहामा […]

गच्छदारमाथि २ राउण्ड गोली प्रहार गरि लुटियो ४ लाख

सुनसरी, १२ जेठ । अज्ञात समुहले गोली हानेर लघुवित्तिय संस्थाका एक कर्मचारीलाई लुटेको छ । धरान- ४ बाट रकम कलेक्सन गरि फर्केका जीवन विकास लघुवित्त संस्थाका एक कर्मचारी लुटिएका हुन् । लुटिनेमा कर्मचारी शम्भुप्रसाद गच्छदार रहेका छन । अज्ञात समुहले गच्छदारमाथि २ राउण्ड गोली हानेर लुटपाट मच्चाएका जानकारी प्राप्त भएको छ । कुइना र कोखामा […]

राजधानीमा सिलिन्डर बिस्फोट हुँदा २ को मृत्यु

काठमाडौं, १२ जेठ । राजधानीमा छुट्टाछुट्टै स्थानमा सिलिन्डर बिस्फोट हुदा दुई जनाको ज्यान गएको छ । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोट हुदा सो हताहती भएको हो । दिउसोको समयमा कोठामा रहेको सिलिन्डर एक्कासी बिस्फोट भएको जनाइएको छ । दुबै स्थानमा एकएक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा परि ७ जना […]

श्रीमान र नाति बेहोस सँगै सुतेकी श्रीमतीको रहस्यमय मृत्यु

काठमाडौ । दार्चुलामा एक रहस्यमय घटना घटेकाे छ । जिल्लामा पसल सञ्चालन गरेर बसेकी एक महिलाको रहस्यमय मृत्यु भएको छ भने उनीसँगै सुतेका श्रीमान र एक नाति बेहोस अवस्थामा फेला परेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा महाकाली नगरपालिका ३ काटैकी द्रोपति महरा मृत फेला परेकी हुन भने उनका श्रीमान नरभान र एक नाति बेहोस […]

ममता बनर्जीले लगाइन मोदीमाथि गम्भीर आरोप, भाजापाले समाज विभाजन गरेकोदेखि निर्वाचन आयोग पूरै भाजपा भएको आरोप

एजेन्सी । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले भारतमा माेदी सरकारले समाजलाइ नराम्ररी विभाजित गरेकाे बताएकी छन । देशमा केन्द्रीय सरकारले आपतकालको जस्तो स्थिति बनाएर चुनाव गराइएकाे र भाजपाले जितेकाे पनि उनले खुलासा गरेकी छन । काेलकत्तामा आयाेजना गरिएकाे एक पत्रकार सम्मेलनमा बाेल्दै बेनर्जीले यस्ताे कुरा बताएकी हुन् । भाजापा नेतृत्वकाे केन्द्र सरकारले गरेकाे त्यसखालकाे परिस्थितिबारे […]

फेवातालबाट सशस्त्र प्रहरीले गर्यो १३ जनाको सकुशल उद्दार

पाेखरा, ११ जेठ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालबाट जेठ १० गते एपीएफ टोलीले १३ जनाको सकुशल उद्वार गरेको छ । सो तालमा दुई वटा डुङ्गामा बोटीङ गरिरहेका नेपाली र भारतीय नागरीक गरी १३ जना व्यक्तीहरु सवार डुङ्गामा हावाहुरी र बर्षाको कारण पानी पसेर डुङ्गा डुब्न लागेको अवस्थामा एपीएपm टोलीले उद्वार गरेको हो । […]

भारतले नेपाललाई जानकारी नदिएरै पानी छोड्दा नेपाली गाउँ डुबानमा

सप्तरी, ११ जेठ । भारतका कारण नेपालीले वर्षा नलाग्दै डुवानमा पर्नुपरेको छ । पूर्व सूचना नदिई भारतीय पक्षले पाइलट च्यानलमार्फत पानी छाड्दा सप्तरीको गोबरगाढामा पानी पसेर डुवानको आएको हो । भारतीय पक्षले कोशी व्यारेजको २८ नम्बर ढोका अगाडिबाट करिब तीन बर्षअघि खन्न शुरु गरेको पाइलट च्यानलमार्फत एक्कासी पानी आएको छ । नयाँ संरचना अनुसार हनुमाननगर–कंकालनी […]

भारतभर मोदीको चर्चा, पश्चिम बंगालमा भने भाजपाकै धुरुन्धर नेता हराउने एक सुन्दरीको चर्चा

काठमाडाैं । भारतीय लाेकसभाकाे निर्वाचनमा भारतीय जनता पार्टीले अदभूत जित हासिल गर्याे । भाजपाका कार्यकर्ताहरु देशभर जितकाे उमंगमा छन भने चुनावमा पराजित हुने भारतीय नेशल कांग्रेससहितका दलहरु भने चुनावी समीक्षामा छन् । भाजपाले यसपटक यसअघि नजितेका धेरै क्षेत्रमा राम्राे मत पायाे । त्यसमध्ये पश्चिम बंगाल एक थियाे । पश्चिम ममता वेनर्जीकाे अखिल भारत त्रिनमूल कांग्रेसकाे […]

छेटौ गोल्डेन बुट मेसीका लागि पक्का

काठमाडाैं । स्पेनिस फुटबल क्लब बार्सिलाेनाबाट व्यवसायिक फुटबल खेल्दै अाएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले युराेपियन गाेल्डेन बुट जित्ने पक्का भएकाे छ । उनले यसपटक पनि सबैभन्दा बढी गाेल गरेर लगातार तेस्रो वर्ष युरोपियन गाेल्डेन बुट जित्ने पक्का भएकाे हाे । याेसँगै समग्रमा उनले छैटाै गाेल्डेन बुट जित्नेछन् । मेसीलार्इ फ्रान्सेली क्लब पिएसजीका स्ट्राइकर केलियन एमबाप्पेले […]

रामेछापलाई केन्द्रबिन्दु गरि गयो भूकम्प

काठमाडौं, ११ जेठ । रामेछापलाई केन्द्रबिन्दु गरि भूकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्प नभएर पराकम्प हो । ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ । यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु गरेर ४ दशमलव […]