नर्भिक अस्पतालमा प्रचण्ड पुत्र प्रकाश दाहालकाे निधन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । हर्ट अट्याक भएर अाज बिहान ४ बजे बेहाेस अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएका प्रकाशकाे अस्पतालमा पुगेपछि निधन भएकाे बताइएकाे छ । नर्भिक अस्पतालका एक चिकित्सकले प्रकाशको निधन भएको जानकारी दिएका छन् । पूर्व पर्धानमन्त्री समेत रहेका पिता प्रचण्ड […]

प्रचण्डपुत्र प्रकाश दाहाललार्इ हृदयघात, चिन्ताजनक अवस्थामा नर्भिकमा लगियाे

काठमाडाैं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललार्इ हृदयघात भएकाे छ । उनकाे अवस्था चिन्ताजनक रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । अकस्मात हृदयघात भएपछि प्रकाशलार्इ अाज बिहान ४ बजे राजधानीकाे थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा ल्याएर भर्ना गरिएको थियाे । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट […]

जनयुद्धका सर्वोच्च कमाण्डरसँग २५ सय करोड सम्पती रहेको गोप्य रिपोर्ट

काठमाडाैं, २ मंसिर । नेपालका राजनीतिक नेताहरुसँग अकूत सम्पती भएकाे कुरा बेला बेलामा उठ्ने गर्छ । यस्ता चर्चाकाबीच अाम नागरिकमा कुन नेतासँग कति सम्पती हाेला भन्ने चासाे पनि निकै छ । याे चासाे सर्वसाधारण नागरिकमा मात्र नभएर ठूला उद्याेगी व्यापारीहरुमा पनि छ । यसैबीच नेपालका केही ठूला उद्याेगी व्यापारीहरुकाे बैठकमा त्यस्तै चर्चा भएकाे गरिएकाे छ […]

यस्ता छन् हनुमान ढोका क्षेत्रका जीवन्त संग्रहालय

काठमाडौँ, २ मंसिर । काठमाडौँको मुटुमा रहेको हनुमानढोका दरबार क्षेत्र हजारौँ वर्षअघिको नेवारी कला र संस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि जीवन्त संग्रहालयका रूपमा रहेको छ । पूर्वमा महाँकाल, संकटा तथा भद्रकाली मन्दिर, पश्चिममा काष्ठमण्डप तथा मरुहिटी, दक्षिणमा जैशीदेवल तथा उत्तरमा सेतो मच्छिन्द्रनाथको मन्दिर रहेको सो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र पनि हो । यही क्षेत्रमा विश्व […]

१८९ जना गिरफ्तार भएपछि जवरजस्त युद्ध थोपर्न लागेको नेकपाको टिप्पणी

काठमाण्डौ, २ मंसिर । प्रहरीले देशभर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुमाथिकाे धरपकड तीब्र पारेकाे छ । निर्वाचनकाे मिति नजिकिएसँगै गिरफ्तारीका घटना पनि बढेका छन् । प्रहरीले नेकपालार्इ समर्थन गरेकाे भन्दै देशभरबाट १ सय ८९ जनालार्इ गिरफ्तार गरेकाे छ । नेकपाले मंसिर १० र २१ मा हुने निर्वाचनलार्इ खारेजीकाे घाेषणा गरेकाे छ । यही सन्दर्भमा […]

रामबहादुर थापा र माधव नेपाललार्इ लक्षित गरी बम प्रहार

काठमाडौं, २ मंंसिर । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम बिष्फाेट भएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा शनिबार बिहान बम विस्फोट भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन् । विस्फोटमा मानवीय […]

दर्जन बढी सुरक्षाकर्मीले यसरी पक्राउ गरे साहित्यकार थपलियालाई

काठमाडौं, १ मंसिर । प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका प्रहरीले पक्राउ गरेका हुन् । प्रलेसले श्रृंखलाबद्ध रुपमा सञ्चालन गर्दै आएको परिसंवाद कार्यक्रमको ९ औ […]

जनसांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव थपलियालाई शुक्रबार काठमाडौंबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको सो संगठनले जनाएको छ । थपलियामाथि प्रहरीले बिना कारण धरपकड गरेर गिरफ्तार गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । आफ्ना महासचिवलाई तत्काल रिहा गर्न समेत महासंघले चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट महासंघका […]

महतले भने, ‘विप्लवले हाेइन ममाथि एमाले–माकेका उम्मेदवारले एम्बुस हाने’

काठमाडौं, १ मंसिर । वम विष्फाेटमा परेका नेपाली कांग्रेसका नेता तथा नुवाकाेट १ बाट प्रतिनिधि सभाका उम्मेदवार डा. रामशरण महतले अाफ्ना प्रतिस्पर्धीले अाफूमाथि धराप थापेकाे बताएका छन् । शुक्रबार दिउसाे ककनीमा उनीसँगै हिडेका तीन गाडीमध्ये बीचकाे गाडी विद्मुतीय धरापमा परेकाे थियाे । वम विष्फाेटमा परी उनका पाँच जना कार्यकर्ता घाइते भएका थिए । यसैबीच पूर्वमन्त्री […]

दुर्इ पेस्तोल र १० राउण्ड गोलीसहित गौचनको हत्यामा सम्लन दुर्इ पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ रहेका छन् । उनीहरुलाई कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको छ । यसअघि गौचनको हत्यामा संलगन रहेका आरोपमा […]